+
+

पौड्यालको ‘त्यसपछि फुलेन गोदावरी’ विमोचित

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १७ गते ११:१२

१७ भदौ, काठमाडौं । कथाकार तथा समालोचक महेश पौड्यालको कथा संग्रह ‘त्यसपछि फुलेन गोदावरी’को आज विमोचन गरिएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विमोचन समारोहबीच त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका प्रमुख अम्मरराज जोशी, प्राज्ञ मातृका पोखरेल, प्रा.डा. अभि सुवेदी, साहित्यकार डा. नवराज लम्साल र समालोचक कुमारी लामाले उक्त कथा संग्रहको संयुक्तरुपमा विमाचन गरेका हुन् ।

कथाको समीक्षा गर्दै प्रा.डा. अभि सुवेदीले पौड्यालको साहित्यिक ऊर्जा तारिफ योग्य भएको बताए । उनले कथा संग्रहमा पात्रहरुलाई बढी उत्तेजक बनाएको आरोप पनि पौड्याल माथि लगाए ।

त्यस्तै, प्राज्ञ मातृका पोखरेलले कथामार्फत पौड्यालले नयाँ ट्रेन्डको सुरुवात गरेका बताए । समारोहमा कथा वाचनसमेत गरेका डा. नवराज लम्सालले कथाकार पौड्यालले पात्ररुको चयन गर्दा काल्पनिक भन्दा पनि समाजमा जे भेटिए त्यहीलाई उतारेको प्रतिक्रिया दिए । कथामा लेखक हावी नहुनु प्रशंसनीय पक्ष भएको जिकिर गर्दै लम्सालले भाषामा आफ्नोपनको नयाँ प्रयोग गरेको पनि बताए ।

गतवर्ष पुत्र गुमाएका पौड्यालले उक्त पीडालाई सङ्ग्रहको सुरुमै ‘नर्सरी’ शीर्षकमार्फत उजागर गरेका छन् ।

बीस कथा समेटिएको सङ्ग्रहमा अस्थिरता, वियोग, विक्षिप्तता, विद्रोह र अभावजस्ता विषयहरु समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?