+
+
Shares

चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १७ गते ११:२३
फाइल तस्वीर

१७ भदौ, सिमरा । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौती नरहेको बताएका छन् । उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन सबैलाई आह्वान पनि गरे ।

दुई नम्बर प्रदेशअन्तर्गत बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर्क र समन्वयमार्फत् काम भइरहेको जानकारी दिए । उनले भने, ‘बोर्डर क्षेत्रमा रहेका दुबै देशका संयन्त्रहरुबीच नियमित बैठक भइरहेको छ । चुनावमा सुरक्षा चुनौति छैन ।’

‘चुनावमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन’

आगामी निर्वाचनमा मतदान गर्न मतदाता आतुर रहेको पनि उनले बताए । चितवनको भरतपुरमा मतपत्र च्यातिएको सन्दर्भबारे पत्रकारको जिज्ञासामा मन्त्री शर्माले भने, ‘निर्वाचनमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन । मतदाताले हो परिणाम दिने । मतदाताले जसलाई मत दिन्छन् त्यही विजयी हुने हो ।’

माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले दुई नम्बर प्रदेश हुन लागेको स्थानीय चुनावका लागि जित्ने उम्मेदवारलाई पार्टीले टिकट दिने बताए । टिकट वितरणमा भेदभाव हुने गरेकोबारे पत्रकारको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले भने, ‘राम्रो परिणाम जसले ल्याउँछ उसैले टिकट पाउँछ । पार्टीमा नजिक–टाढा कोही छैन ।’

माओवादी केन्द्र परिवर्तनकारी शक्ति हो भनेर सबैले बुझेको भन्दै उनले आगामी चुनावको परिणाम पनि त्यसैअनुसार आउने अपेक्षा गरे ।

विपद व्यवस्थापन सम्बन्धी विधेयकलाई अन्तिम रुप दिने काम भइरहेको भन्दै मन्त्री शर्माले छिट्टै संसदमा पेश गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?