+
+
Shares

एउटै गीतमा ३६५ जना गायक-गायिकाको स्वर, गिनिज बुकमा नाम लेखाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १८ गते १४:०२


एउटा गीतमा ३६५ जना गायक-गायिकाको आवाज हुन्छ भन्दा तपाइ पत्याउनुहुन्छ । तर, नेपालका गायक-गायिकाले यो रेकर्ड राखेका छन् । विश्वमै पहिलो पटक ३६५ जना गायक-गायिकाको संयुक्त रुपमा गाएको गीत राष्ट्रपति विद्यादेवि भण्डारीले सार्वजनिक गरेकी छिन् । काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा ‘मिलनकोली’ शिर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवी माधवप्रसाद घिमिरेलगायतको उपस्थितिमा सार्वजनिक गरिएको उक्त गीतमा राष्ट्रकवी घिमिरेदेखि नेपालका ख्याती प्राप्त गायक गायिका एवम् संगीतकर्मीको स्वर छ । वातावरणसम्बन्धी चेतनामूलक ‘मिलानकोली’ नामक गीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७३ जेष्ठ ६ गते रेडियो नेपालको स्टूडियोमा एकैदिनमा रेकर्ड गरिएको थियो ।

वातावरण संरक्षणको विषयलाई उठान गरी तयार पारिएको यो गीतमा शब्द तथा संगीत निपेश ढाकाको छ । एउटै गीतमा ३६५ जना गायक-गायिकाहरूले आवाज दिएको यस अगाडि तयार नभएकाले यो गीत गिनिज बुकमा रेकर्ड हुने दाबी गीतकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?