+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

टेलिफोन सम्वादमै बिग्रियो साउदी अरब र कतारको वार्ता !

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २४ गते १७:४८

२४ भदौ, काठमाडौं । साउदी अरबका युवराज र कतारका शासकबीच टेलिफोन वार्ता भएको केहीबेरमै साउदी अरबले कतारसँग कुनै पनि सम्वाद नगर्ने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षसँग छुट्टाछुट्टै कुराकानी गरेपछि साउदी र कतार पक्ष वार्ताको माध्यमबाट विद्यमान संकटको समाधान खोज्न तयार भएका थिए ।

त्यस अनुसार साउदी अरबका युवराज र कतारका शासकबीच टेलिफोन वार्ता भएको थियो । दुबै देशका सरकारी सञ्चार माध्यमका अनुसार कतारका अमीर शेख तमीन बिन अमद अल थानी र साउदीका राजकुमार मोहम्मद बिन सलमानबीच कुराकानी भएको थियो ।

साउदी अरबसहित चार देशले ५ जुनमा कतारसँग कूटनीतिक सम्वन्ध तोडेपछि पहिलो पटक औपचारिक वार्ता भएको हो ।

साउदी प्रेस एजेन्सीका अनुसार कतारी अमिरले संकट समाधानका लागि कुराकानी गर्ने र चार देशको मागमा छलफल गर्ने प्रस्ताव राखे । यसको घोषणा चार देश साउदी अरब, बहराइन, इजिप्ट र यूएईबीच सम्झौता भएपछि हुने थियो ।

कतारको समाचार एजेन्सीले भनेको छ कि साउदीका राजकुमारले विवादित विषयमा समाधान खोज्न दुई राजदूत नियुक्तिको प्रस्ताव राखेका छन्, जसले कुनै पनि देशको सम्प्रभुता असर नहोस् ।

तर, यो वार्ताको केहीबेरमा नै साउदी अरबले कतार वार्ताप्रति गम्भीर नभएको आरोप लगाउँदै अब कुनै पनि सम्वाद नगर्ने बताएको छ ।

बताइएको छ कि विवाद प्रोटोकललाई लिएर भएको हो । पर्यवेक्षकहरुका अनुसार कतारको सरकारी मिडियाले वार्ताको प्रक्रिया दुबै पक्षले सुरु गरेको प्रष्ट सन्देश नदिएको तथा साउदी अरबले वार्ता चाहेको सन्देश दिन खोजेको साउदी अरबको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?