Comments Add Comment

रियल मड्रिडले घरेलु मैदानमै लेभेन्टेसँग अंक बाँड्यो

२४ भदौ, काठमाडौं । स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिड घरेलु मैदान बेर्नाबाउमा अर्को अप्रत्यासित नजिता हात पारेको छ ।

शनिबार भएको खेलमा रियल मड्रिड लेभान्टेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

रियलको घरेलु मैदानमा भएको खेलमा लेभान्टेले १२ औं मिनेटमा नै लेपेजको गोलबाट अग्रता लिएको थियो । ३६ औं मिनेटमा लुकास भास्केजले गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकियो ।

दोस्रो हाफमा गोल गर्न नसकिरहेको निर्धारित समय सकिन एक मिनेट मात्र बाँकी छँदा रियलका मार्सेलोले रातो कार्ड पाए । र, १० खेलाडीमा सिमित उसले लेभान्टेसँग अंक बाँडेको छ ।

यसअघि रियल मड्रिडले भ्यालेन्सियासँग पनि बेर्नाबाउमै २-२ को बराबरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment