+
+
Shares

२ रुपैयाँमा नै ‘२ रुपैयाँ’ हेरे दर्शकले

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २९ गते १७:४०


शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘२ रुपैयाँ’ले आज दर्शकलाइ हलसम्म तान्न एउटा नयाँ शैली अपनायो । यो चलचित्रको निर्माण कम्पनी जी टू वान पिक्चर्सले दर्शकलाइ २ रुपैयाँमा नै चलचित्र देखाएको छ । बिहिबार काठमाण्डौ कुमारी हलमा २ रुपैयाँमा नै टिकट खरिद गर्ने प्रावधान पहिलो १०० जना दर्शकका लागि व्यवस्था गरिएको थियो ।

मध्यान्न १२ः३० को शोमा १०० जना दर्शकका लागि २ रुपैयाँमा नै चलचित्र हेर्ने व्यवस्था गरिएको थियो । कुमारीमा बिहान ११ बजे काउन्टर खुल्ने भएतापनि बिहान ७ बजेबाट नै काउन्टर अगाडि दर्शकको भीड लागेको थियो । सुरुमा पहिलो सय जनालाइ २ रुपैयाँमा नै चलचित्र देखाउने भनिएतापनि दर्शकको भीड लागेपछि ५० जनाका लागि यो स्किम थपिएको थियो । चलचित्रका निर्देशक असिम शाहले चलचित्र निर्माणदेखि नै सोचेको यो योजना पूर्ण रुपमा सफल भएको बताए ।

कुमारी हलमा दर्शकसँग अन्तरक्रिया गर्न निर्देशक शाह र कलाकार वुद्धि तामाङ पुगेका थिए । २ रुपैयाँमा आफै चलचित्र हेर्न पाउनु आफैमा रमाइलो कुरा भएतापनि चलचित्र निकै मनोरञ्जनात्मक रहेको दर्शकले बताए । निश्चल बस्नेत, आसिफ शाह, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र देशभरका विभिन्न हलमा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?