+
+
Shares

इटहरीमा दिपक र प्रियंकाले लगाए ‘झ्याम्म झ्याम्म’मा ठुम्का

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ३१ गते १८:०४


चलचित्र प्रचारको लागि टुरमा निस्किएका चलचित्र ‘छक्का पन्जा २’का कलाकारले पूर्वको इटहरीमा दर्शकलाइ हसाँएका छन् । साथमा, चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, प्रियंका कार्की र बर्षा राउतले दर्शकलाइ नचाएका पनि छन् ।

‘एक्सप्रेस कमेडी टुर’का क्रममा पूर्वबाट सुरु भएको यात्रा इटहरीमा पुग्दा अझै रोचक बन्यो । चलचित्रका मुख्य कलाकार जितु नेपाल र केदार घिमिरेले दर्शकलाइ कमेडी पस्कदै हसाँए ।नायिका प्रियंका कार्की र कलाकार तथा निर्माता दीपकराज गिरीले चलचित्रमा समावेश ‘झ्याम्म झ्याम्म’ गीतमा ठुम्का लगाउँदा दर्शकले हुटिङ गरेर साथ दिएका थिए ।

यस्तै, नायिका बर्षा राउत र नायक स्वरुपपुरुष ढकालले ‘नाइलनको सारीमा’ गीतमा नृत्य गरेर मनोरञ्जन प्रदान गरेका थिए । असोज ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो चलचित्र अहिले चर्चामा छ । दर्शकसँग प्रत्यक्ष रुपमा भेटघाट गरेर रमाइलो गर्न पाउँदा निकै खुशी लागेको कलाकारले बताएका छन् । यस्तै, निर्देशक दीपाश्री निरौलाले काठमाण्डौमा जस्तै मोफसलमा पनि चलचित्रको क्रेज उच्च रहेको देखेर खुशी लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?