+

चोटका कारण डेम्बेले ३ साता मैदानबाहिर

२०७४ असोज  १ गते १४:०० २०७४ असोज १ गते १४:००
चोटका कारण डेम्बेले ३ साता मैदानबाहिर

गेटाफेमा ओस्मान डेम्बेलेका लागि उत्कृष्ट सुरुवात हुन सकेन । हृयामस्टि्रङको चोटका कारण उनी २५ मिनेटमै सब्सिच्युड भए ।

च्याम्पियन्स लिगमा युभेन्टसबिरुद्धको उत्कृष्ट प्रदर्शन पनि बार्सिलोनाका लागि यी फ्रान्सेली युवा स्टारले ला लिगामा प्लेइङ सेटमा खेल्दै थिए । तर, दुर्भाग्यबस उनले खेल पूरा गर्न पाएनन् ।

बार्सिलोनाले डेम्बेलेको बायाँ खुट्टाको मांसपेशीमा चोट लागेको पुष्टि गरिसकेको छ र आइतबार उनको बिस्तृत परीक्षण हुनेछ । समाचारमा जनाइएअनुसार उनी बढीमा तीन सातासम्म मैदानबाहिर रहनेछन् ।

उनले ला लिगामा बार्सिलोनाले खेल्ने इवार, जिरोना र ला पाल्मासबिरुद्धको खेल गुमाउनेछन् । त्यस्तै सेप्टेम्बर २८ मा च्याम्पियन्स लिग अन्तर्गत स्पोर्टिङ क्लवसँगको खेल पनि उनले गुमाउनेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय