Comments Add Comment

बच्चालाई किन सिकाउने यी कुरा

अहिले धेरैजसो बच्चा घरभित्रको परिधीमा खुम्चिएका छन् । उनीहरु मोवाइल, ट्याब्लेट, ल्यापटप, टिभीमा भुलेका छन् । उनीहरु इन्टरनेटमा जोडिन्छन् । साथी खोज्नछन्, गेम खेल्छन्, भिडियो सामाग्री हेर्छन् । भर्चुअल संसारमै रमाउँछन् । उनीहरुको निम्ति बाहिरी दुनिया बिरानो बन्दै गएको छ ।

क्षणिक रुपमा यसले सजिलो भएको छ, अभिभावकलाई । बच्चा लड्ने, चोट लाग्ने, फोहोर मैला लाग्ने भय हुँदैन । घर बाहिर नखेल्ने भएकाले उनीहरुलाई रेखदेख गरिरहनु पनि पर्दैन । यद्यपी यसको दीर्घकालिन असर भने भयावह छ ।

अहिले भर्चुअल माध्याममा अल्भिm एका कारण बच्चाहरुको शारीरिक गतिविधि कम हुँदैछ । यसले उनीहरुको शारीरिक तथा मानसिक विकासलाई धिमा बनाइदिने भय छ । एकै स्थानमा बसेर घन्टौ खेल्ने, भिडियो हेर्ने भएकाले उनीहरु शारीरिक रुपमा निस्त्रिmय हुन्छन् । बच्चाको यस किसिमको आनीबानीले अन्ततः उनीहरुको स्वास्थ्यमा नराम्रो असर पुर्‍याइरहेको छ ।

प्रविधिमा निर्भर

बर्तमान समयमा बच्चाहरु प्रविधि-मैत्री हुनुपर्छ । तर, अहिलेको अवस्था प्रविधिमैत्री मात्र होइन । उनीहरु प्रविधिमा बढी निर्भर हुँदैछन् । कुनैपनि काम गर्नका लागि उपकरणको सहयोग लिन थालेका छन् । पाँचमा पाँच जोड्दा कति हुन्छ भनेर जवाफ खोज्नुअघि क्याल्कुलेटर दबाइसकेका हुन्छन् । सामान्य कुराको जानकारी लिन गुगल सर्च गरिरहेका हुन्छन् ।

यी सजिला र छरितो माध्याम हुन् । यद्यपी उपकरणको निर्भरताले बच्चाको सिर्जनसिलता, रचनात्मक क्षमता, मिहेनत र श्रम गर्ने बानी हराउँछ ।

आउडडोर गेममा जोड

बच्चालाई भर्चुअल खेलमा भन्दा बढी आउडडोर गेम खेल्नका लागि प्रोत्साहित गर्नुपर्छ । फूटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन जतिपनि खेल हुन्छन्, त्यसले उनीहरुको शारीरिक सक्रियता बढाउँछ । खुला हावामा खेल्ने अभ्यास स्वास्थ्यको लागि त राम्रो हो नै, यसले उनीहरुको आन्तरिक क्षमता समेत विकास गर्छ ।

छिमेकी दौतरीसँग खेल्ने बानीले उनीहरुमा टिमवर्कको भावना विकास हुन्छ । अनुशासनको पाठ सिक्छन् । असफलतामा पनि हतोत्साही नहुने बानीको विकास हुन्छ । त्यसैले बच्चालाई दिनमा केहि समय आउटडोर गेममा प्रोत्साहित गर्नुपर्छ ।

प्राकृतिकसँग मिल्न सिकाउने

बच्चलाइ प्रकृति एवं पर्यावरण, हावापानी, रुखपात, खोलानालासँग एकाकार हुन सिकाउनुपर्छ । बनजंगल, डाँडाकाडा, खोलानालाको सौन्दर्यमा रमाउन र त्यसको महत्व बुझ्न पनि प्रेरित गर्नुपर्छ । बच्चालाई घर बगैंचामा काम गराउने, फूल रोप्न लगाउने, सिंचाइ गर्न सिकाउने, करेसाबारीमा सागसब्जी रोप्न, गोड्न लगाउने । जन्मदिनमा बिरुवा रोप्न सिकाउने । यसले उनीहरुलाई प्रकृतिसँग जोड्छ । यावत् क्रियाकलापले बच्चालाई खुसी तुल्याउँछ । उनीहरुमा चिन्ता, तनाव आउन दिदैन । दीर्घकालिन रुपमै यसले फाइदा गर्छ ।

केही टिप्स

– कुनैपनि कुराको हल खोज्न यन्त्रको साहारा लिन नदिने ।

–     प्रविधिमैत्री बनाउने तर, हरेक कुरा प्रविधिमै निर्भर हुन नदिने ।

–     पारिवारिक जमघट, उत्सवहरुमा सहभागी गराउने ।

–     आफन्त, छिमेकीसँग बोल्न, खेल्न उत्साहित गर्ने ।

–     सामाजिक काममा सहभागी गराउने ।

–     बाहिरी खेलकुदमा प्रोत्साहित गर्ने ।

–     रुख-बोट बिरुवाको महत्वबारे जानकारी गराउने ।

–     रुख रोप्न लगाउने ।

–     घरमा फूल, सागसब्जी स्यहार्न, सिंचाइ गर्न प्रेरित गर्ने ।

–     पानीको महत्व बुझाउने ।

–     सड्ने, गल्ने चिजलाई सहि व्यवस्थापन गर्न सिकाउने ।

–     उनीहरुको सामान्य काम स्वंमलाई गर्न लगाउने ।

–     पारिवारिक संस्कारमा अभ्यस्त गराउने ।

–     खानपान सम्बन्धी शिष्टचार पालना गराउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment