Comments Add Comment

मोटोपन घटाउन अपनाउनुहोस् यी १४ तरिका

मोटोपन कसरी घटाउने, तौल कसरी कम गर्ने ? अहिले धेरैको निम्ती टाउको दुखाईको बिषय बनेको छ यो । यसैको समाधानका लागि कोही जिम धाइरहेका छन्, कोही योगको शरणमा पुगेका छन् । कसैले चिकित्सकिय विधी अपनाएका छन्, कसैले खानामा कटौती गरेका छन् ।

तौल बढ्नु वा मोटोपन आफैमा समस्या हो । यसले अरु समस्यालाई समेत निम्त्याउँछ । शरीर भद्दा र असुहाउँदिलो देख्ने मात्र होइन, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगको खतरा पनि बढाउँछ । त्यसैले अहिलेका पुस्ताका निम्ति मोटोपन वा तौल नियन्त्रण ठूलो चुनौती बनेको छ ।

किन बढ्छ तौल र मोटोपन ?

विभिन्न अध्ययनमा के देखिएको छ भने, मोटोपन बढ्नुमा बाह्य कारण मात्र जिम्मेवार छैन । कतिपय अवस्थामा यो बंशानुगत रुपमा आउने गर्छ । जस्तो, बावुबाजे मोटा छन् भने त्यसको प्रभाव उनीहरुको सन्तानमा पनि देखिन्छ । यद्यपी यो सबैमा हुदैन ।

खासमा अहिलेको खानपान र जीवनशैली नै मोटोपनको कारण हो । चिल्लो, चाप्लो, मसलेदार खानेकुरा, जंक फूड, कोल्ड डि्रंक आदिको जथाभावी सेवनले मोटोपन बढाएको बताइन्छ । त्यस्तै निस्त्रिmय जीवनशैली, अस्वस्थ्यकर दिनचर्या यसको जिम्मेवार मानिएको छ ।

कसरी नियन्त्रण गर्ने मोटोपन वा तौल ?

मोटोपन घटाउन जीवनशैली र खानपानमा परिवर्तन ल्याउनुपर्छ । सन्तुलित खानपान र जीवनशैली एक प्राकृतिक विकल्प हो, जसले मोटोपन एवं तौल नियन्त्रण गर्न सकिन्छ । अतः यहाँ इजी वेट लस टिप्स दिइएको छ ।

खानपान

मोटोपन वा तौल नियन्त्रणका लागि खानपान कटौती गर्छन् । फास्टिङ गर्छन् । यद्यपी यसले शरीरमा आवश्यक पोषणको कमी हुन्छ । त्यसैले तौल घटाउनका लागि खानपानमा कटौती गर्ने होइन । बरु, स्वस्थ्य र सन्तुलित खानेकुरामा जोड दिनुपर्छ । पानीको सेवन बढाउनुपर्छ । पानी र फलफूल सेवन गरेपछि अतिरिक्त खानेकुरा नियन्त्रण हुन्छ । यसले स्वतः तौल नियन्त्रणमा सहयोग पुग्छ ।

दिनचर्या

निस्किय दिनचर्या मोटोपन एवं तौल बढ्ने कारण हुन् । एकै स्थानमा लामो समय बस्ने । सुत्ने, उठ्ने अनियमित तालिका । राती अबेरसम्म बस्ने बानी । यी सबै आनीबानीले हो, मोटोपन बढाउने ।

त्यसैले तौल एवं मोटोपन नियन्त्रणका लागि सक्रिय दिनचर्या आवश्या हुन्छ । साथै व्यायाम गर्ने, पैदल हिँड्ने लगायत शारीरिक गतिविधिलाई बढाउनुपर्छ ।

इजी वेट लस टिप्स

१. दिनको सुरुवात कागती पानी वा कागती चियाबाट गरौं ।

२. कागती पानीमा मह मिसाएर पिउन सकिन्छ । यसले पाचनयन्त्र पनि राम्रो हुन्छ ।

३. तौल नियन्त्रणका लागि त्रिफलाचूर्ण उपयोगी हुन्छ । राती एक गिलास पानीमा आधा चम्चा त्रिफला चूर्ण मिसाएर राख्ने । बिहान यसलाई उमाल्ने र चिसो बनाएर पिउने ।

४. लौकाको जुसमा पुदिना वा तुलसीको पात मिसाएर पिउनुपर्छ ।

५. तौल नियन्त्रणका लागि भोजनमा गहुँ, आटा, रोटी भन्दा जौ, चनाको आटा उपयोगी हुन्छ ।

६. भोजनमा फाइबरयुक्त फलफूल जस्तो कि, मेवा, स्याउ आदि सेवन गर्ने ।

७. फ्याटी फूड जस्तो कि, बर्गर, मिठाई आदि सेवन नगर्ने ।

८. चियासँग ब्रेड, बिस्कुट आदि सेवन नगर्ने ।

९. अन्डा, मासु र समुन्द्री खाना नखाने ।

१०. कोल्ड ड्रिङ्क, प्याकेटको फुड्स, तेलयुक्त खानेकुरा सेवन गर्ने ।

११. चिया, चामल र आलुको सेवन कम गर्ने ।

१२. एकै स्थानमा लामो समय बस्नु भन्दा शारीरिक गतिविधि बढाउने ।

१३. बिहान वा रातीको खानापछि कम्तिमा १० मिनेट टहल्ने ।

१४. तौल घटाउने व्यायाम जस्तो कि, पौडी, साइक्लिङ, बि्रस्क वाक, स्किपिङ, एरोबिक्स गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment