+
+

महोत्तरीको गौशाला र साम्सीमा माओवादी केन्द्रको जित

बिक्रम राैनियार बिक्रम राैनियार
२०७४ असोज ६ गते ६:३५

६ असोज, महोत्तरी । महोत्तरीको गौशला नगरपालिकाको मेयरमा नेकपा माओबादी केन्द्रका शिवनाथ महतो निर्वाचित भएका छन् ।

महतो ५९४४ मत प्राप्त गरी मेयरमा र उपमेयरमा माओवादीकै आशा लामा ५९७० मत हासिल गरी विजयी भएका हुन् ।

मेयरका निकटम प्रतिद्वन्दी संघीय समाजवादी फारेम नेपालका उम्मेदवारले मेयरतर्फ ५००० र उपमेयरतर्फ ४६४२ मत हासिल गरे ।

यसैगरी साम्सी गाउँपालिकामा पनि नेकपा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हासिल गरेको छ ।

अध्यक्षमा फारुक शेख २३३८ मतसहित निर्वाचित भए भने उपाध्यक्षमा निर्वाचित नागिनी देवी यादवले २२३४ मत पाइन् ।

निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका रामनाथ यादवले २२४४ र सुनिता देवीले १६०९ मत पाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?