+
+

वीएण्डसीका डाक्टरको दाबी- विदेश पलायन गराउनेे खेल भयो

गौरव पोखरेल गौरव पोखरेल
२०७४ असोज ६ गते १६:४९

६ असोज, झापा । उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकले क्षतिपूर्ति तिर्नु पर्ने सरकारको ‘निर्णय’लाई झापाको बिएण्डसी हस्पिटलका चिकित्सकहरुले दक्ष जनशक्तिलाई विदेश पलायन गराउने खेल भएको आरोप लगाएका छन् ।

शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारको यो निर्णयले काम गर्ने वातावरण असहज हुने भन्दै विदेश पलायन हुन बाध्य हुनुपर्ने स्थिति आउने बताएका हुन् ।

‘सरकारको यो निर्णय लागू हुनेवित्तिकै हामीले डराइ-डराइ काम गर्नु पर्ने अवस्था आउँछ । झन् सिरियस केसमा त हात हाल्ने कुरै आउँदैन’, हस्पिटलका मेडिकल डाइरेक्टर निराजन पराजुलीले भने, ‘अनि, त्यो डरमा कसैले पनि राम्रो पर्फरमेन्स दिन पाउँदैनन् । त्यसपछि सबै हस्पिटलले जटिल प्रकृतिका बिरामीलाई रिफर गर्छन् । अन्त्यमा बिरामीलाई उपचारका लागि अन्य देश लानु पर्छ ।’

उनले सरकारको यो निर्णय गरिब जनताको विपक्षमा भएको बताए । यहाँका सबै हस्पिटलले बिरामी रिफर गर्दा अन्य देशमा उपचार गराउन नसक्ने बिरामीले ज्यान गुमाउनु पर्ने अवस्था आउन सक्ने उनले बताए ।

‘बिरामीलाई राम्रो हुँदा प्रशासनसँग गएर विरामीको खर्च घटाइदिनु पर्‍यो भनेर भन्नुहुन्छ । तर, यही विरामीको मृत्यु भइहाल्यो भने हामीलाई घेर्न आउँछन्’, फिजिसियन डा. किशोर कुमारले आक्रोश पोखे, ‘हामी सधैं सबैतिरको निशानामा हुनु पर्ने ?’

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाए । यहाँका ७२ जना चिकित्सकले हातमा कालो पट्टी बाँधेर विरोध जनाउँदै ओपीडी सेवा ठप्प बनाएका छन् ।

सरकारले भने शुक्रबार विज्ञप्ति नै निकालेर विरामीको मृत्यु भएमा डाक्टरबाट क्षतिपूर्ति भराउने निर्णय नभएको प्रष्टीकरण दिएको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?