Comments Add Comment

डाक्टरको मनले भन्छ-बिरामी सन्तुष्ट भएर फर्केको देख्न पाइयोस् !

डा.हरिश न्यौपानेः सर्जनदेखि अस्पताल सञ्चालकसम्म


एकदिनमै २२ जनाको पेटको जटिल शल्यक्रिया । चितवनका डा. हरिश न्यौपाने एक दशकदेखि यसैगरी कलेजो, प्याङ्क्रियाज, पित्तथैली लगायतको शल्यक्रियामा सक्रिय छन् ।

डा. न्यौपानेले शल्यक्रियाका क्रममा धेरैखाले रोचक एवं तीतामीठा अनुभव संगालेका छन् ।

एक दिन एउटी महिलाको शल्यक्रिया गर्नुपर्ने भयो ।

शल्यक्रियाका लागि आवश्यक सामाग्री जुटाइयो । सबै कुरा ठीकठाक पारियो । सहयोगीहरु तयारी अवस्थामा बसे । तर, महिलालाई अपरेशन थिएटरमा छिराउने बेला, लफडा आइलाग्यो ।

शल्यक्रियाका लागि रोगीका आफन्तले खर्चको जोहो गर्न सकेका रहेनछन् । यही कारणले अस्पतालले शल्यक्रियाको प्रक्रिया अघि बढाउन दिएन ।

यो घटनाबाट डा. न्यौपानेको मन थामिएन । उनले आफ्नै खल्तीबाट पैसा निकाले र अस्पतालमा बुझाइदिए । रोगीले उपचार पाइन् ।

भोलिपल्ट, अस्पताल प्रशासनले डाक्टरलाई ‘धन्यवाद’ सम्म भनेन । बरु, स्पष्टीकरण माग्यो ।

बुबाआमा उनलाई के बनाउन चाहन्थे ? थाहा छैन । तर, फुच्चे न्यौपानेको सपना थियो- डाक्टर बन्ने । लमजुङको विकट गाउँमा खेल्दै, हुर्कदै गरेका उनमा ‘डाक्टर बन्ने र रोगीको सेवा गर्ने’ चाह तीव्र थियो ।

अर्को यस्तै घटना दोहोरियो ।

दुर्गम गाउँबाट उपचारका लागि चितवन आएका रोगीले खर्च जुटाउन सकेनन् । पैसा अभावकै कारण उनले रोग बोकेर र्फकनुपर्ने भयो ।

डा. न्यौपानेले आफ्नै खल्तीको रकम खर्चिएर ती रोगीको पनि शल्यक्रिया गरिदिए । यसपटक पनि उनले अस्पताललाई ‘स्पष्टीकरण’ दिनुपर्‍यो ।

तेस्रो पटक एकजना चेपाङ समुदायका बिमारी उपचारका लागि अस्पतालमा आए ।

अस्पताल प्रशासनले उसलाई आकस्मिक कक्षमा भर्ना लिन मानेन । र, उपचार नगरी फर्काइदियो । आफ्नो आँखै अगाडिको यो दृश्यले डा. न्यौपानेको मन पोल्यो ।

त्यसबेला अस्पतालका हर्ताकर्ता अरु नै थिए । डा. न्यौपाने केवल कर्मचारी मात्रै थिए । ‘मैले केही गर्न सकिनँ’ डा. न्यौपानेले सम्भिmए, ‘यदि उनको शल्यक्रिया गरिएको भए, अवश्यै बाँच्ने थिए ।’ तर खर्च अभावमा रोग पालेर र्फकने बिमारीहरुको साक्षी बन्नुपर्‍यो मैले ।

डा. न्यौपानेका अनुसार कुनै पनि बिरामी खर्चको अभावले अस्पतालबाट उपचार नगरी फर्केको दृश्य एकजना डाक्टरका लागि अत्यन्तै पीडादायी हुन्छ ।

जब एकजना बिरामी उपचार खर्च नभएकै कारण अस्पतालको ढोकाबाट बाहिरिन्छ, डा. न्यौपानेको मन थामी नसक्नु हुन्छ । यस्तो अवस्थामा मनलाई कठोर बनाएर त्यो कारुण दृश्य टुलुटुलु हेर्नुको विकल्प थिएन त्यसबेला उनीसँग ।

यस्तै टीठलाग्दो परिघटनाको साक्षी बस्दा-बस्दै एकदिन डा. न्यौपानेलाई लाग्यो- ‘कहिलेसम्म यसरी निरीह भएर बस्ने ?’

अन्ततः यस्तै भावनाले घच्घच्याएपछि उनले चितवनमा आफैं अर्को अस्पताल खोल्ने सुर कसे । यतिबेला उनले चितवनमा आफ्नै नेतृत्वमा निजी अस्पताल हाँकिरहेका छन् । तर, अप्रेशनका लागि खटिनुपर्ने उनले अस्पतालको सञ्चालक बन्ने ध्याउन्नमा लागेपछि बिरामीको उपचारमा भने उलेख्य समय दिन सकेका छैनन् ।


डाक्टरी यात्रा

बुबाआमा उनलाई के बनाउन चाहन्थे ? थाहा छैन । तर, फुच्चे न्यौपानेको सपना थियो- डाक्टर बन्ने ।

लमजुङको विकट गाउँमा खेल्दै, हुर्कदै गरेका उनमा ‘डाक्टर बन्ने र रोगीको सेवा गर्ने’ चाह तीव्र थियो । स्कुले जीवनसँगै यो चाह छिप्पिँदै गयो । तंगि्रदै गयो ।

‘सानो छँदा डाक्टर बन्ने खुब रहर थियो’ उनी आफ्नो विगततिर फर्किए, ‘एक किसिमको सेवाभावले मलाई डाक्टर बन्न उक्सायो ।’

लमजुङको कुन्सास्थित शान्ति माविबाट उनले एसएलसी गरे । त्यसपछि हेल्थ असिस्टेनको अध्ययन गरे । अनि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएम महाराजगञ्जमा भर्ना भए, एमबीबीएसका लागि ।

एमबीबीएस सकेर पाकिस्तानको लाहोरस्थित किंग एडवार्ड विश्वविद्यालयबाट उनले जनरल सर्जरीमा एमएस गरे । लगत्तै अमेरिकन विश्वविद्यालयबाट हेपाटोमेगेरीको फेलोसिप पाए । त्यहाँबाट फर्केपछि चितवन फर्केर मेडिकल कलेजमा काम थाले ।

मबीबीएस सकेर पाकिस्तानको लाहोरस्थित किंग एडवार्ड विश्वविद्यालयबाट उनले जनरल सर्जरीमा एमएस गरे । लगत्तै अमेरिकन विश्वविद्यालयबाट हेपाटोमेगेरीको फेलोसिप पाए ।

पेशामा रहँदा उनले सेवाग्राहीलाई गुनासो गर्ने ठाउँ दिएनन् । पेटका जटिल शल्यक्रियामा राम्रै काम गरेर यश कमाए । ‘रोगीको शल्यक्रियापछि सन्तुष्ट भएर घर फर्केको देख्दा मन औधी रमाउँथ्यो’ उनी भन्छन्- यही सन्तुष्टिले मलाई आफ्नो पेशामा रमाउने बानी पर्‍यो ।’

यतिबेला डा. न्यौपानेका हातमा मेडिकल औजार मात्रै छैनन् । एउटा सिंगै चितवन मेडिकल कलेज हाक्नुपर्ने जिम्मेवारी छ । यद्यपि उनलाई के लाग्छ भने, यसरी व्यवस्थापनको काममा समय खर्चंदा आफूले आर्जन गरेको चिकित्सकीय दक्षता पूर्णरुपमा उपयोग हुन पाएको छैन ।

जबकि कुनैबेला उनी दिनमै २०-२२ वटासम्म शल्यक्रिया गर्थे । अहिले त्यो क्रम घटेर एक/दुई वटामा झरेको छ । डा. न्यौपाने स्वीकार्छन्, ‘मैले चिकित्साको काममा जति समय दिनुपथ्र्यो, अस्पतालको व्यवस्थापन हेर्नुपर्ने भएपछि समय दिन सकिरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment