१२ असोज, भक्तपुर । भक्तपुरको कमल विनायक स्थित शुभानी कोल्ड स्टोरबाट मासु चोरी गर्ने एक जनालार्इ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक ५ सल्लाघारी बस्ने २४ वर्षीय राजेन्द्र भुजेललार्इ प्रहरीले पक्राउ गरेको हो ।
गएराती सवा १० बजेतिर कोही नभएको बेला भुजेलले करिब १० किलो मासु चोरेका थिए । उनले मासु चोरी गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको हो ।
उनले चोरेको १० किलो मासु शुभानी कोल्ड स्टोरका धनीलार्इ जिम्मा समेत लगाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4