Comments Add Comment

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजाअर्चना

१९ असोज, भक्तपुर । बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेकी छन् ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले बिहीबार अपराह्न ४ बजेर १५ मिनेटमा मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गरिन् ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गाका पुजारी, नाइके र देवगणलाई जनही ५०५ रूपैयाँका दरले दक्षिणा दिएकी छन् । देवगणले भने आफूहरुको अवस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यवस्था गर्नुपर्ने कुरा राष्ट्रपतिसमक्ष माग गरेका थिए ।

नवदुर्गा जात्रा सञ्चालनका लागि वर्षको करिब रु १० लाख खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै संकटमा परेको देवगणले गुनासो गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई तलेजुका जोशीले तलेजुको प्रसाद प्रदान गर्दै कुमारीको मासिक भत्ता बढाइदिन आग्रह गरे । कुमारीको मासिक भत्ता तीन हजार १५० मात्रै भएको धेरै वर्ष भएकाले त्यसबाट गुजारा नचल्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment