+
+
Shares

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा वाकाथोन

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २४ गते १३:५०

२४ साउन, काठमाडौ । मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस । विश्व मानसिक स्वास्थ्य महासंघले प्रत्येक वर्ष सन् १९९२ देखि अक्टोबर १० तारिखका दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गर्दै आएको छ ।

‘कार्यथलोमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछ ।

यही दिवसको अवसरमा साइक्याट्री एशोसिएसन नेपालले किष्ट मेडिकल कलेज तथा रिद्म न्यूरोसाइक्याट्री हस्पिटलसितको समन्वयमा काठमाडौको नयाँ बानेश्वदेखि माइतिघरसम्म वाकाथोनको आयोजना गरेको छ ।

मंगलबार विहान करिब ७ बजे नयाँ बानेश्वरबाट सुरु भएको वाकाथोनमा साइक्याट्री एशोसिएसन नेपालल अध्यक्ष डा. अरुण कुवँर, वरिष्ठ मनोरोग विशेषज्ञ डा. पुष्प प्रसाद शर्मा (पीपी शर्मा) लगायतको उपस्थिति रहेको थियो ।

वाकाथोनमा साइक्याट्री एशोसिएसन नेपालका अध्यक्ष डा. अरुण कुवरले हामीले दिनको आठ घण्टा भन्दा बढीको समय कार्यथलोमा विताउने बताउदै कुनै दवाव तथा तनाव नभई तनाव रहित भएर काम गर्न सुझाव दिए । भने,’ तनाव रहित भएर काम गरेको खण्डमा मानसिक स्वास्थय राम्रो हुन्छ’ ।

त्यसैगरी, वरिष्ठ मनोचिकित्सक डा. पी पी शर्माले कार्यथलोलाई मानसिक स्वास्थ्य मैत्री बनाउन तथा मानसिक रुपमा स्वस्थ रहन सुझाव दिए । उनले मानसिक समस्यालाई मन्द विषको संज्ञा दिदै यसबारे समयमै ध्यान नदिएको खण्डमा यसले भविष्यमा गम्भीर समस्या उत्पन्न गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?