२६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको व्यवहार असल छिमेकीको जस्तो नरहेको टिप्पणी गरेका छन् । सीमा रक्षक देवनारायण यादवलाई एमालेमा प्रवेश गराउँदै ओलीले भारतको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन् ।
सप्तरीको तिलाठीमा भारतीय पक्षको अतिक्रमणविरुद्ध लडेका देवनारायणलाई भारतीय प्रहरीले पक्राउ गरेको र पछिल्लो समयमा उनीमाथि भारतीय पक्षबाट ज्यान मार्ने धम्की आएको सन्दर्भमा ओलीले भारत व्यवहार असल छिमेकीको जस्तो नभएको बताए ।
उनले भने, ‘असल छिमेकीले दुःख कष्ट दिदैन, बरु आपत विपतमा सघाउँछ । तर भारतीय पक्षबाट असल छिमेकीको व्यवहार अझै पाउन सकेनौं । देवनारायण यादमाथिको व्यवहारले हामीलाई खिन्न बनाएको छ ।’
ओलीले मधेसवादी भनिएका दलले नाकाबन्दी लगाउन भारतलाई गुहारेर मधेसकै जनतामाथि अत्याचार गरेको आरोप लगाए ।
कार्यक्रममा मधेस समता पार्टीका अध्यक्ष तथा सांसद मेघराज नेपाली निषाध पनि एमाले प्रवेश गरेका छन् । निषाधले अब मधेस समता पार्टी एमालेमा विलय भएको बताए ।
प्रतिक्रिया 4