+
+
Shares

विराटनगर महानगरले सुरु गर्‍यो छाडा चौपाया नियन्त्रण अभियान

भैंसी-बाख्रा छाडे ५ सय जरिवाना

रासस रासस
२०७४ असोज ३० गते ८:४३
सांकेतिक तस्वीर

३० असोज, विराटनगर । विराटनगर महानगरपालिकाले नगरभित्र छोडिएका छाडा चौपाया नियन्त्रण अभियान शुरु गरेको छ ।

सुरक्षित सडक सवारी सञ्चालनका लागि विशेष अभियान सञ्चालन गरी नगरभित्र छाडा छोडिएका चौपाया नगर रक्षकद्वारा नियन्त्रणमा लिने गरिएको छ ।

असोज ४ गतेदेखि अभियान सञ्चालन गरेर छाडा चौपाया नियन्त्रणमा लिने गरेको महानगरपालिकाले जनाएको छ । महानगरभित्र गाई, बाख्रा, सुंगुर र साँडे छाडा छोडने गरिएको छ । विराटनगर महानगरपालिकाको साँघुरो सडकमा सिटी रिक्सा, रिक्सा तथा अन्य सवारीसाधन सञ्चालनमा छाडा चौपायाका कारणा बाधा उत्पन्न भई सडक जाम हुने गरेको छ ।

विगतमा महानगर प्रतिनिधिविहीन भएको अवस्थामा छाडा चौपाया खुल्ला छाड्ने प्रवृत्तिमा वृद्धि भएको कारण नगरमा सवारी दुर्घटना बढेको थियो । यसरी नियन्त्रणमा लिएका छाडा चौपायालाई वडा समितिको सिफारिसमा खसीबाख्रालाई रु २५० तथा गाईवस्तुलाई रु ५०० जरिवाना लिएर छाड्ने गरिएको छ भने पटकेलाई रु एक हजार जरिवाना लिने गरेको महानगरपालिकाले जनाएको छ ।

हालसम्म छाडा छोडिएका ३२ वटा गाई बाछा तथा २८ वटा खसी बाख्रा नियन्त्रणमा लिएको महानगरपालिकाका नगर सहायक निरीक्षक रेवत दुलालले बताए ।

महानगरापलिकाको यस अभियानका कारण छाडा पशु छोड्ने कार्यमा कमी आएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?