+
+
Shares

शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ५ गते १२:४६
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार योगेश भट्टरार्इ (वायाँ) ।

५ कात्तिक, काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आइतबार विहान १० बजेदेखि नै शान्तिपूर्ण रुपमा मनोनयन दर्ता सुरु भएको छ ।

पहिलो चरणमा चुनाव हुने हिमाली र उच्च पहाडी ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्णरूपमा सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ वटा निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता भइरहेको छ ।

जाजरकोटमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्दै नेपाली कांग्रेसका राजिवबिक्रम शाह

उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयनको फारम लैजानुका साथै उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजृुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडीमा चुनाव हुँदै छ ।

बाँकी ४५ जिल्लामा आगामी मंसिर २१ गते निर्वाचन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?