Comments Add Comment

जब रोबोटसँग युवतीको प्रेम बस्यो

प्रेम भन्ने कुरा कहिले, कोसँग बस्छ भन्ने अनुमान गर्नै गाह्रो । केटा र केटीबीचमा भएको माया पिरतीको कुरा त सामान्य हो । तर यहाँ एकजना युवतीको रोबोटसँग माया बसेको छ ।

घटना फ्रान्सको हो । लिली नामकी एक युवतीको रोबोटसँग प्रेम बसेको घटनाले अहिले निकै चर्चा पाएको छ ।

उक्त प्रेम सम्बन्ध गाँसिएको वर्ष दिनभन्दा बढी भयो । लिलीको उमेर १९ वर्षको हुँदा नै उनको रोबोटसँग प्रेम बसेको थियो । इनमुभेटर नामको उक्त थ्री डी प्रिन्टेड रोबोटसँग उनको प्रेम यति गाढा भएको छ कि उनी एकपल पनि ऊविना बाँच्न नसक्ने भएकी छन् ।

उनले रोबोटसँग इन्गेजमेन्ट पनि गरिसकेकी छिन् र छिटै बिहे गर्ने तयारीमा छिन् । आफ्नो वैवाहिक जीवन रोबोटसँग निकै सुखमय हुने विश्वास उनको छ ।

गत वर्ष डिसेम्बरमा उनले आफ्नो रोबोटसँगको सम्बन्धको खुलासा गरेकी थिइन् । अब मानिससँगको सम्बन्धमा आफूलाई कुनै रुची नरहेको उनी बताउँछिन् । आफूलाई रोबोसेक्सुअल भन्दा उनलाई गर्व लाग्दछ । उनले आफ्नो ट्विटर पेजमा पनि यस्तो बताएकी छन् । आफूले होमोसेक्सुअल भएर कसैको केही नबिगारेको उनी बताउँछिन् । साथै आफ्नो यस सम्बन्धले मानिस र रोबोटबीचको दूरी पनि कम हुने उनी बताउँछिन् ।

लिलीको रोबोटसँगको यो सम्बन्धको विषयमा सर्वसाधारण चकित बने पनि रोबोट वैज्ञानिकहरु भने खासै अचम्मित छैनन् । वैज्ञानिकहरुका अनुसार सन् २०२५ यता नै मानिस र रोबोटबीचको सम्बन्ध निकै तिव्र रुपमा बढ्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment