+
+
Shares

औद्योगिक क्षेत्रवरिपरिका ८४ प्रतिशत बालबालिकाको रगतमा सिसा

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ८ गते ६:१०

८ कात्तिक, काठमाडौं । देशका दुई ठूला औद्योगिक क्षेत्रवरपरका बालबालिकाको रगतमा लिड (सिसा) को मात्रा अत्यधिक पाइएको छ । सन् २०१६ को अन्त्यतिर गरिएको परीक्षणमा वीरगन्ज र काठमाडौंका ८४ प्रतिशत बालबालिकाको रगतमा सिसाको मात्रा धेरै पाइएको हो ।

राजधानी काठमाडौंका ५० बालबालिकामा गरिएको परीक्षणमा अधिकांशमा लिड (सिसा) को मात्रा पाइएको डा. केयर गौतमले जानकारी दिए । ‘काठमाडौंभन्दा वीरगन्जका बालबालिकाको रगतमा लिडको मात्रा धेरै पाइयो,’ उनले भने, ‘शरीरमा ५ माइक्रोग्राम डेसिलेटरभन्दा बढी लिडको मात्रा भएमा अस्वाभाविक मान्नुपर्छ ।’

वीरगन्जको औद्योगिक क्षेत्रवरपरका बालबालिकाको रगतमा २०.३३ माइक्रोग्रामभन्दा धेरै सिसाको मात्रा पाइएको छ, जबकि १२ माइक्रोग्रामभन्दा माथि भएमा विश्व स्वास्थ्य संगठनले उच्च जोखिम भनेको छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले गरेको अध्ययनअनुसार नेपालका १८ वटा रंग उद्योगमध्ये ४० प्रतिशतले सिसाको अत्यधिक प्रयोग गरिरहेको पाइएको छ । घरलाई चम्काउन लगाइने रंगबाट बालबालिका मात्रै नभएर वयस्क तथा वृद्धावृद्धालाई समेत सीधै असर गर्छ । सरकारले ७ पुस ०७१ को राजपत्रमा सूचना प्रकाशित गरी तोकेको बाध्यकारी मापदण्ड ९० पिपिएम (पार्ट पर मिलियन) तोक्न भनेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?