+
+
Shares

चुनाव प्रचारका लागि युवा संघ र वाईसीएलले बनाए जम्बो समिति

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १० गते १७:२४

१० कात्तिक, काठमाडौं । बाम गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका युवा संगठनहरु युवा संघ नेपाल र वाईसीएलले आसन्न चुनाव प्रचार प्रसारका लागि ३ हजार १ सदस्यीय जम्बो समिति गठन गरेको छ ।

युवा संघ र वाईसीएलको संयुक्त बैठकले केन्द्रमा दुवै संगठनका अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका सदस्यहरु, प्रदेशका सदस्यहरु, केन्द्रीय विभागका सदस्यहरु, जिल्ला अध्यक्षहरु सम्मिलित ३००१ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

दुबै संगठनका पदाधिकारीहरु रहेको एक सचिवालय गठन गरिएको छ भने दैनिक कार्य संचालन गर्न र परिचालन समितिलाई संयोजन गर्नका लागी दुबै अध्यक्षहरु सहिको ११ सदस्यीय शीर्ष संयोजन समिति बनाइएको छ ।

दुवै संगठनको तर्फबाट प्रदेशमा प्रदेश इन्चार्ज वा प्रमुखको नेतृत्वमा, जिल्लामा जिल्ला अध्यक्ष/संयोजकको अध्यक्षतामा जिल्ला स्तरीय परिचालन समिति वनाउने निर्णय भएको छ ।

निर्बाचन अवधिभर रहनेगरी एक संयुक्त कार्यालय युवासंघको कार्यालय बुद्दनगरमा स्थापना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?