+
+

झापामा ६९२ मतदान केन्द्र कायम

रासस रासस
२०७४ कात्तिक १३ गते १३:००
फाइल तस्वीर

१३ कात्तिक, झापा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनबाट पाँचजना प्रतिनिधि सभा र १० जना प्रदेश सभाका प्रतिनिधि निर्वाचित हुने छन् ।

जिल्लामा मतदाताको संख्या पाँच लाख ८५ हजार १६६ रहेको छ ।

निर्वाचन क्षेत्र नं १ मा ४५ मतदानस्थल र १२० मतदान केन्द्र, क्षेत्र नं २ मा ४८ मतदानस्थल र १३६ मतदान केन्द्र, क्षेत्र नं ३ मा ६७ मतदानस्थल र ११४ मतदान केन्द्र, क्षेत्र नं ४ मा ६२ मतदानस्थल र १३३ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं ५ मा ६१ मतदानस्थल र १५९ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?