Comments Add Comment

चुनावमा खटिने कर्मचारी ५ दिन अघि नै मतदान केन्द्रमा पुग्नुपर्ने

१३ कात्तिक, ताप्लेजुङ । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा खटिने कर्मचारीले ५ दिन अघि नै मतदान केन्द्रमा पुग्नुपर्ने भएको छ ।

स्थानीय चुनावमा निर्वाचनको २ दिन अघिसम्ममा पुग्दा हुने व्यवस्था थियो ।

निर्वाचन आयोगले जारी गरेको जनशक्ति व्यवस्थापन सम्वन्धी निर्देशिका २०७४ मा मूख्य निर्वाचन अधिकृतले मतदान केन्द्रमा खटिने कर्मचारीलाइ मतदान हुने ५ दिन अगाबै तोकिएको केन्द्रमा पुग्ने गरी नियुक्ति पत्र तथा निर्वाचन सामाग्री दिनुपने व्यवस्था गरिएको छ ।

मूख्य निर्वाचन अधिकृतको कर्यालयका सहायक निर्वाचन अधिकृत गोेपालप्रसाद थापाले कर्मचारीको नियुक्ति पत्र र निर्वाचन सामाग्री चुनावको एक सता अघि नै बितरण गरिसक्नु पर्ने अवस्था आएको बताए ।

निर्वाचनका लागि जिल्लामा जनशक्ति व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख सदस्य तथा निर्वाचन अधिकारी सदस्य सचिव रहेको समिति रहने छ ।

समितिले मतदान केन्द्रमा जनशक्ति खटाउने प्रयोजनका लागि निर्वाचन कार्यालयले तयार पारेको जनशक्ति बिबरण स्विकृत गरी कार्यालय मार्फत मूख्य निर्वाचन अधिकृतलाइ उपलब्ध गराउने, अत्यावश्यक सेवा वा बिशेष परिस्थितिमा कर्मचारी खटाउनका लागि आवश्य संख्यामा कर्मचारी जगेडामा राख्ने, जगेडामा रहेका कर्मचारीलाइ जुनसुकै अवस्थामा निर्वाचनमा खटाउन सक्ने गरी तयारी अवस्थामा राख्ने र अशक्त, बिरामी, उपचाररत संस्था तथा अवकासको समय पुग्न लागेका कर्मचारीलाइ निर्वाचनको काममा नखटाउन लगायतका काम दिइएको छ ।

निर्वाचन अधिकृतको कार्यालय र मतपत्र सुरक्षार्थ बढीमा ५ जना सुरक्षाकर्मी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । निर्वाचन कार्यालय तथा निर्वाचन सामाग्री राखिएको ठाउँको सुरक्षा लागि बढीमा १० जना सुरक्षाकर्मी राख्न सकिने छ ।

मतदान कार्य सम्पन्न भएपछि मतदान अधिकृतले बुझाउन ल्याएका मतपत्र रहेका मत पेटिका राख्ने स्थान र मत गणना स्थलको सुरक्षाका लागि निर्वाचन अधिकृतको कार्यालयमा यसअघि खटिएका भन्दा अरु बढी १५ जना सम्म सुरक्षा कर्मी राख्न सकिने व्यवस्था पनि आयोगले जारी गरेको निर्देशिकामा उल्लेख छ ।

निर्वाचन आचार संहीताको उल्लंघनको बिषयका लागि मूख्य निर्वाचा अधिकृतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला शिक्षा अधिकारी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख र निर्वाचन अधिकृतहरु सदस्य तथा जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहेको समिति रहने छ ।

यसका साथै निर्वाचनलाइ स्वच्छ, निश्पक्ष, पारदर्शी र भयमुक्त बनाउन मतदानको दिन निर्वाचन अधिकृतले जिल्ला स्थित सरकारी कार्यालयका अधिकृत स्तरका कर्मचारीको नेतृत्वमा एउटा निर्वाचन क्षेत्रमा बढीमा २ वटा सम्म निर्वाचन अनुगमन घुम्ती टोली परिचालन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment