Comments Add Comment

फोरमले घोषणा गर्‍यो ६२ उम्मेदवार, उपेन्द्र यादव सप्तरी २ बाट लड्ने

१४ कात्तिक, काठमाडौं । संघीय समाजवादी फोरमले प्रतिनिधिभाका ६२ उम्मेदवार चयन गरेको छ । राजपासँग प्रदेश २ को सिट बाँडफाँट गरे लगतै फोरमले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी २ बाट चुनाव लड्ने भएका छन् ।

वरिष्ठ नेता अशोक राई सुनसरी १ मा उम्मेदवार भएका छन् । त्यहाँ उनलाई कांग्रेसले समर्थन गर्नेछ । त्यसको बदलामा फोरमले सुनसरी ३ मा उम्मेदवारी दिएको छैन ।

मोरङको क्षेत्र नम्बर ६ बाहेकका सबै सिट र झापाका सबै सिटमा उम्मदेवार तोकेको छ ।

सप्तरी १ मा सूर्यनारायण यादव, सिरहा १ मा राजला यादव र २ मा शत्रुघन सिंह कोइरी र ३ मा अशेश्वर यादव, धनुषा १ मा दिपक कार्की, २ उमा उमाशंकर अरगरीया र ४ मा महाजन यादवलाई उम्मेदवार बनाइएको छ ।

महोत्तरी १ मा लक्ष्मी महतो, ४ मा डा. सुरेन्द्र महतो, सर्लाही ३ मा अशोक सिंह कोइरी, रौतहट २ मा किरण साह, बारा २ मा रामसहायद यादव, ३ मा रामकिशोर यादव उम्मेदवार भएका छन् । पर्सा १ मा प्रदिप यादव, २ मा विमलप्रसाद श्रीवास्तव र ३ मा हरिनारायण रौनियारलाई उम्मेदवार बनाइएको छ ।

हेर्नुस् उम्मेदवारहरूको सूची 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment