+
+
Shares

सिन्धुलीमा माअोवादी नेता हरिवोल गजुरेलविरुद्ध बागी उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १६ गते १५:३४

 

१६ कात्तिक, सिन्धुली । वाम गठवन्धनका दलहरु माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवारविरुद्ध उनीहरुकै कार्यकर्ताहरुले प्रतिनिधिसभा तथा प्रदेश सभामा वागी उम्मेदवारी पनि दर्ता गराएका छन् ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि सिन्धुली जिल्लावाट नेपाली कांग्रेस, वाम गठवन्धन, राप्रपा, नयँा शक्ति नेपाल, संघीय समाजवादी फोरम, नेकपा-मार्सवादी), मोहन वैध नेतृत्वको देश भक्त जनतान्त्री मोर्चा नेपाल, नेकपा माले तथा केही स्वतन्त्र उम्मेदवाहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्रका नेता हरिवोल गजुरेलले प्रतिनिधिसभा क्षेत्र नम्वर २ वाट उम्मेदवारी दिएका छन् । उनको विरुद्ध माओवादी केन्द्रका किसान संघका केन्द्रीय उपाध्यक्ष रामकुमार पौडेलले बागी उम्मेदवारी दिए ।

त्यसैगरी माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखनाथ दाहाल उम्मेदवार भएको प्रतिनिधिसभा १ को ‘क’ प्रदेशमा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष दिलवहादुर विक वागी उम्मेदवार वनेका छन् ।

यस्तै क्षेत्र नम्वर १ मा नेकपा एमालेवाट उम्मेदवार वनेका गणेश पहाडी विरुद्ध एमालेका नेता कुमारवहादुर कार्कीले उम्मेवारी दर्ता गराएका छन् । १ नम्बर क्षेत्रको प्रदेशसभा -ख) नेकपा एमालेका जिल्ला अध्यक्ष प्रदीप कटुवालले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसवाट क्षेत्र नम्वर १ मा प्रेमचन्द्र दाहालले उम्मेदवारी दिएका छन् । सो क्षेत्रका प्रदेश नम्वर ‘क’बाट गंगा गिरी ‘ख’श्याम घिमिरेले उम्मेवारी दिएका छन् ।

यस्तै क्षेत्र नम्वर २ वाट प्रतिनिधिसभामा नरेन्द्रजंग थापाले उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रका प्रदेश ‘क’बाट माणिक ढकाल र ‘ख’बाट छत्रवहादुर वम्जनले उम्मेवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?