+
+

‘मेला’ जोडीको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २० गते १४:०५


उसो त नायक आमेष भण्डारीलाई नायिका अशिष्मा नकर्मी केटा जस्तै लाग्छ । किनकी, अशिष्माको कुरा गराई, बोलाई केटाको जस्तै भएको आमेषको वुझाई छ ।
चलचित्र ‘मेला’मा एकसाथ काम गरेपछि यी दुई निकै नजिक भएका हुन् । चलचित्र रिलिज भएपछि यो दोस्ती उस्तै रहन्छ या रहदैन भन्न सकिदैन । तर, अशिष्मा र आमेष अहिले चलचित्र प्रचारका लागि एकसाथ दौडिएका छन् । ‘मेला’ कात्तिक २४ गतेबाट रिलिज हुँदैछ ।

अर्का, नायक सलोन बस्नेतले प्रचारमा साथ नदिएपछि आमेष र अशिष्मा उनलाई निकै मिस गरिरहेका छन् । मेलामा प्रेम, विछोड, द्धन्द्ध, कमेडी सबै भएकाले पनि दर्शकले रुचाउनेमा यी दुइको विश्वास छ ।

चलचित्रको छायांकन गर्ने क्रममा अशिष्मालाई सलोन र आमेषले हैरान नै बनाएका रहेछन् । विशेषगरि, दुई अर्थ लाग्ने शब्द बोलेर अशिष्मालाई दुई हिरोले हैरान बनाएछन् । तर, पनि उनलाई दुई नायकको प्रेम भन्छिन् ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?