+
+

हामी प्रचण्डले बनाइदिएको स्वीटजरल्याण्डमा छौंः विक्रम पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २१ गते ११:१८

२१, कात्तिक, चितवन । लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवनमा प्रचण्डविरुद्ध चुनाव लडिरहेका राप्रपा नेता विक्रम पाण्डेले प्रचण्डको चर्को आलोचना गरेका छन् ।

मंगलबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपा नेता पाण्डेले आफ्ना समकक्षीमाथि कडा आलोचना गर्दै भने- ‘प्रचण्डलाई भाषण मात्र गर्न आउँछ, विकास गर्न आउँदैन्, सिरहा र रोल्पामा पनि राम्रै विकास गरेर उहाँ यहाँ आउनुभएको होला । उहाँले बनाइदिएको स्वीजरल्याण्डमा त छौं हामी ।’

माडी जान सुरूङ मार्ग र आकाशे पुल बनाउने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आकासे आश्वासन दिएको पाण्डेले बताए ।

‘निकुञ्जमा सुरूङ मार्ग बनाउन धेरै वर्ष लाग्छ ।’ नेता पाण्डेले भने ‘त्यहाँ खर्च हुने पैसाले सिंगो चितवन जिल्लाको विकास गर्न पुग्छ ।’

माओवादी अध्यक्ष प्रचण्ड अर्को चुनावमा चितवन छाडेर अन्यत्रै गएर उठ्ने पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?