Comments Add Comment

मस्ती टकः ‘अशिष्मा केटा जस्ती छिन्ः आमेष, म केटी नै हुँः अशिष्मा’

नायकद्धय आमेष भण्डारी र सलोन बस्नेत चलचित्रको छायांकनको क्रममा निकै जिस्किन्थे । विशेषगरि, सलोन र आमेषले नायिका अशिष्मा नकर्मीलाई हैरान नै बनाउथ्य । उनीहरुले अशिष्मालाई दुई अर्थ लाग्ने शब्द बोलेर हैरान बनाएका रहेछन् ।

चलचित्र ‘मेला’को प्रचारमा सलोन बस्नेत नहिडेपनि नायिका अशिष्मा र नायक आमेषले राम्रो साथ दिए । अनलाइनखबरका लागि ‘मस्ती टक’ गर्ने क्रममा आमेष र अशिष्मा निकै खुले ।

आमेष र अशिष्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


कुराकानीका क्रममा यी दुइको मित्रता देखियो । अशिष्माले चलचित्र ‘मेला’ले मित्रता, प्रेम, विछोड, कमेडी र रोमान्सको कथा भन्ने बताइन् । यस्तै, आमेषले पनि एउटा राम्रो चलचित्र बनेको भन्दै चलचित्र हेर्न आग्रह गरे ।

रमाइलो कुराकानीका क्रममा यो जोडीले छायांकनको समयको केही पलहरु पनि शेयर गरे । एकपटक नायक आमेषको खाटमा सलोनले यूवतीको अन्डरवेयर राखिदिएका रहेछन् । आमेषलाई कसको अन्डरवेयर भने उनीहरुले खुबै जिस्काएका पनि रहेछन् ।

तर, उक्त अन्डरवेयर अशिष्माका लागि किनिएको कुरा आमेषलाई थाहा नै रहनेछ । कुराकानीको क्रममा अशिष्माले यो कुरा खुलाइन् । यो जोडीले चलचित्रको गीतमा नृत्य पनि गर्‍यो । कुराकानीका क्रममा आमेषले अशिष्मालाई केटा जस्तो लाग्ने बताए । कारण के त, यसका लागि तपाइले ‘मस्ती टक’को भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment