Comments Add Comment

चुनावमा विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न पूर्वस्वीकृति लिनुपर्ने

२२ कात्तिक, काठमाडौं । पूर्वस्वीकृति एवंम अनुमति लिएर मात्रै चुनावमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न पाइने भएको छ ।

कुनै पनि राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारमा विदेशी नम्वर प्लेटका सवारीसाधन आयोगबाट पूर्वस्वीकृति एवं अनुमति लिएर मात्रै प्रयोग गर्न पाइने व्यवस्था निर्वाचन आयोगले गरेको हो ।

निर्वाचन प्रचारप्रसारको प्रयोजनमा विदेशी नम्वर प्लेटका सवारी साधनहरूको प्रयोगलाई नियन्त्रण गर्ने सम्बन्धमा आयोगका आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा विभिन्न निकायका पदाधिकारीहरूबीच भएको बैठकले यस्तो निर्णय गरेको आयोगले जनाएको छ ।

राजनीतिक दल र उम्मेदरवाहरूले प्रयोगमा ल्याउने विदेशी नम्बर प्लेटका सवारी साधनहरूको नियमन, नियन्त्रण र व्यवस्थापनका लागि अर्थ मन्त्रालय, भंसार विभाग, गृह मन्त्रालय र यातायात व्यवस्था विभागलाई पत्राचार गर्ने निर्णय समेत बैठकले गरेको छ ।

विदेशी नम्वर प्लेटका सवारी साधन प्रयोग गर्न प्राप्त भएको अनुमतीपत्र सम्बन्धित सवारी साधनको अग्रभागमा स्पष्टरूपमा देखिने गरी राखेर मात्र सञ्चालन गर्न आयोगले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment