२२ कात्तिक, काठमाडौं । ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ भब्य समारोहबीच कात्तिक २८ गते सार्वजनिक गर्ने घोषणा गरेको छ ।
काठमाडौंमा आयोजना गरिने उक्त समारोहमा हाल चर्चाको शिखरमा रहेका नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागिता हुने निश्चित भएको छ ।
कार्यक्रममा नेपाल आइडलको उपस्थितीका बारेमा कम्पनीले आफ्नो आधिकारिक सामाजिन सञ्जाल मार्फत जानकारी दिएको हो ।
आधिकारिक फेसबुक पेज मार्फत नेपाल आइडलका उत्कृष्ट तीनको भिडियो पोष्ट गर्दै कम्पनीले मिति तथा तिनको उपस्थितिका बारेमा जानकारी दिएको हो ।
नेपाल आइडलका उत्कृष्ट तीनको सन्देश सहितको उक्त भिडियो मार्फत कम्पनीले सामाजिक सञ्जालमा लाइक तथा सेयर क्याम्पेनको पनि घोषणा गरेको छ ।
उक्त भिडियो लाइक तथा सेयर गर्ने मध्यबाट भाग्यशाली तीन जना छनोट गरी कम्पनीले एफफाइभ सार्वजनिक गर्ने समारोहमा सहभागी हुने तथा आकर्षक उपहार जित्ने अवसर समेत प्रदान गर्ने जानकारी दिएको छ । उक्त क्याम्पेन नोवेम्बर ८ देखि १२ सम्म चल्ने छ ।
सार्वजनिकको तयारीमा रहेको ओपोको नयाँ फोन एफफाइभ नेपालमा ब्राण्डकै पहिलो फुल स्त्रिmन मोडल हो । साथै यसमा नेपाली सेल्फी प्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी -एआई) प्रविधि उपलब्ध गरिएको छ ।
यसले कम्पनीको ‘दि सेल्फी एक्स्पर्ट एण्ड लिडर’को परिचयलाई थप सुदृढ बनाउनुका साथै सेल्फी मनपराउने यूवा जमातको समग्र मागको सम्बोधन गर्ने आशा गरिएको छ ।
एआई ब्यूटी रिकग्निसन प्रविधिः ‘क्याप्चरिङ दि रियल यू’
नेपालमा उपस्थित फोन ब्राण्ड मध्य पहिलो पटक ओपोले यस फोन मार्फत सेल्फीका लागि फ्रण्ट क्यामेरामा आर्टिफिसियल ईन्टेलिजेन्सी प्रविधि समाहित गरेको छ ।
नयाँ सेल्फी एक्स्पर्टमा अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध छ । यसले वैश्विक फोटो डाटाबेस मार्फत आर्टिफिसियल ईन्टेलिजेन्सीको प्रयोग गर्दै सेल्फीलाई अझ आकर्षक बनाउन सघाउने कम्पनीको दावी छ ।
ओपोको पहिलो फुल स्क्रीन उपकरण
सार्वजनिक हुन लागेको नयाँ उपकरण ओपोकै पहिलो फुल स्त्रिmन एफएचडी डिस्प्ले मोडल हो । यसले फोनको आकार ठूलो नबनाइकनै जीवन्त तथा उत्कृष्ट दृष्यानुभुति दिन्छ । उच्च रिजोल्यूशन क्षमता सहितको स्त्रिmनले उपभोक्तालाई जीवन्त दृष्यानुभुति प्रदान गर्छ ।
सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ सेल्फी एक्स्पर्टमा पछिल्ला उत्पादनका तुलनामा अझ आरामदायी सञ्चालन अनुभुति प्रदान गर्ने सोचका साथ परिस्कृत सञ्चालन प्रणाली उपलब्ध हुनेछ । नेपाली बजारमा नयाँ फोन नोेवेम्बर १५ देखि उपलब्ध हुनेछ ।
प्रतिक्रिया 4