Comments Add Comment

थ्रेडिङ गरेपछि नगरौं यी गल्ती

महिलाको निम्ति अनिवार्य जस्तै हो, थ्रेडिङ । थ्रेडिङ अर्थात शरीरका अनावश्यक रौं उखेल्ने काम । हात, पाखुरा लगायतका रौंदेखि आँखी भौं आसपासका रौं उखेल्न महिलाहरु महिनामा दुई पटकसम्म पार्लर धाउने गर्छन् । कतिले घरमै पनि थ्रेडिङ गर्छन् ।

तर थ्रेडिङपछि हुने दुखाई र खटिराबाट छुट्कारा पाउनका लागि आम युवतीहरुले केही गल्ति गर्छन् । यसबाट पछि उनीहरुले विभिन्न समस्या भोग्नुपर्ने हुन्छ ।

घाममा ननिस्किने

थ्रेडिङ गराएलगत्तै घाममा निस्किनु हुँदैन । घाममा निस्किँदा विभिन्न समस्या हुन सक्छ । जब हामी शरीरको कुनै हिस्साको रौं निकाल्छौं, त्यो स्थान पूर्णरुपमा संवेदनशील हुन्छ । त्यसैले तपाईं यो समस्याबाट बच्नका लागि घाममा निस्किनबाट जोगिनुपर्छ ।

मेकअप नगर्ने

प्राय महिलाहरुले गर्ने गल्ति यही हो । कुनै पार्टीमा जानुपर्ने छ भने हतार-हतार थ्रेडिङ गराएर तुरुन्त मेकअप गर्न थाल्छन् । यो विल्कुल गलत हो । यसले छालामा समस्या आउन सक्छ । त्यसैले थ्रेडिङ गराएको २४ घन्टापछि मात्रै मेकअप गर्नुपर्छ ।

औंला नलगाउने

थै्रडिङ गरेपछि महिलाहरुले गर्ने अर्को गल्ति के हो भने उनीहरु त्यो स्थानमा बारम्बार टच गरिरहन्छन् । यसो गर्नु निकै हानीकारक हुन सक्छ । यदि थ्रेडिङ गरिएको स्थानमा लगातार टच गरियो भने इन्फेक्सन हुने, चिलाउने वा ब्रेकआउट हुने समस्या हुनसक्छ ।

चिलाउने

थ्रेडिङ गरेपछि महिलाहरु त्यो स्थानमा कन्याउन थाल्छन् । यसो गर्नु झन् खतरनाक हुन्छ । यदि चिलायो भने पनि सकभर कन्याउनु हुँदैन ।

यदि असैह्य हुने गरी चिलायो भने कन्याउनुको साटो मसाज गर्नुपर्छ । आफ्नो अनुहारलाई चिसो पानीले धुनुस र गुलाब जलमा एलोबेरा मिसाएर यसमा मसाज गरौं । यसो गर्दा सर्प पनि मर्छ र लठ्ठी पनि भाँचिदैन ।

मोइस्चराइजरले मसाज गर्ने

केही महिला थ्रेडिङ गरि।सकेपछि आफ्नो आँखिभौंलाई यत्तिकै छाडिदिन्छन् । यसबाट आखिभौंमा रुखोपना उत्पन्न हुन्छ । यसले गर्दा चिलाउने वा पोल्ने हुन सक्छ । यसबाट बच्नका लागि मोइस्चराइजरले मसाज गर्नु आवश्यक छ । यसले तपाईंको आँखिभौंलाई थप राम्रो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment