+
+

पूर्व राष्ट्रपति यादव ‘जन-आन्दोलन स्वर्ण पदक-२०७४’ बाट विभूषित

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २४ गते १२:३२

२४ कात्तिक, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई ‘जन-आन्दोलन स्वर्ण पटक-२०७४’ बाट अभिनन्दन गरिएको छ ।

स्वर्गीय नेता गणेशमान सिंहको १०३ औं जन्म जयन्तीको अवसरमा गणेशमान सिंह तथा जन-आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले पूर्व राष्ट्रपति डा. यादवलाई अभिनन्दन गरेको हो ।

जयन्तिको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा. यादवलाई अभिनन्दनसहित विभूषित गरेकी हुन् ।

यसैबीच यन्तिको अवसरमा २०४६ को जनआन्दोलनका कमाण्डर सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

जयन्तिका अवसरमा शुक्रबार गणेशमान फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा स्व.नेता सिंहको शालिकमा माल्यार्पण गरिएको हो ।

कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व.सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । ‘स्व. सिंह त्यागी, लाैहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढंगले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो ।’ सिंहले भने ।

स्व. सिंहका छोरा समेत रहेका उनले मुलुकमा विवादित भएका कम्युनिस्टलाई एक ठाउँमा ल्याउन गणेशमान सिंहले महत्वपूर्ण भूमिका खेलेको बताउँदै एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिस्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्व।सिंहको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई राष्ट्र निर्माणको महत्वपूर्ण अवसरको रुपमा लिन पनि आम मतदातालाई आहृवान गरिन् ।

उनले सबै तहको निर्वाचन सम्पन्न भएपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने, संघीय लोकतन्त्र गणतन्त्र संस्थागत हुने र मुलुक आर्थिक-सामाजिक रुपान्तरणको दिशामा अघि बढ्ने विश्वास पनि व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले संविधानले निर्देश गरे अनुसार संविधान कार्यान्वयनमा दलहरु प्रतिवद्ध भएर अघि बढेकोमा खुसी पनि व्यक्त गरिन्

राष्ट्रपति भण्डारीले स्वर्गीय गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको नेतृत्वदायी भूमिका नेपाल र नेपाली जनताको स्मृतिमा सदा ताजै रहने पनि उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?