+
+
Shares

विवेकशील साझा पार्टीको घोषणापत्र सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २४ गते १५:३३

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय पार्टी बन्ने संकल्पसहित रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पार्टीको आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको घोषणा पत्र सार्वजनिक गरिएको हो ।

घोषणा पत्रमा नागरिकको दुःख निवारण, न्याय, सुरक्षा र सम्मानजनक स्थिति स्थापित गर्ने लक्ष्य हाँसिल गर्न राज्य स्थिर, चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

जनतालाई सुखी र खुशी बनाउन विवेकशील साझा पार्टी लागि पर्ने पनि प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक मिश्रले आफ्नो पार्टी मुलुकको आशा र भरोसा भएको दावी गरे ।

काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका संयोजक मिश्रले मुलुकलाई समृद्ध बनाउनुको अर्थ जनतालाई सुखी बनाउनु रहेको स्पष्ट पारे ।

घोषणा पत्रमा समावेशी लोकतन्त्र, पारदर्शी अर्थतन्त्र निर्माण गर्न लागि पर्ने पनि उल्लेख गरिएको छ ।

विवेकशीलले घोषणापत्रमा स्थिर सरकारका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने समेत बताएको छ ।

घोषणा पत्रमा भनिएको छ, वेस्टमिन्स्टर मोडेलको संसदीय प्रणालीले अस्थिर सरकार, अप्राकृतिक सत्ता समीकरण लगायतका विकृति निम्त्याएको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको शासकीय स्वरुप उपयुक्त हुने पार्टीको ठहर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?