Comments Add Comment

बढ्दो उमेरमा पनि कसरी जवान रहने ? यस्तो छ सूत्र

उमेर ढल्केसँगै हामीमा बुढ्यौलीका संकेत देखिन थाल्छन् । अनुहार चाहुरिन्छ । छाला रुखो हुन्छ । केस पातलिन्छ । दाँत कमजोर हुन्छ । पेट भद्दा हुन थाल्छ ।

जीवनचत्र नै यस्तो हो कि, बच्चा, किशोर, जवान, बयस्क हुँदै हामी बुढो हुन्छौ । यो प्राकृतिक प्रक्रिया हो । हामी चाहन्छौ, सधै जवान हुन पाइयोस् । तर, निश्चित अवधी पनि हाम्रो जवानी रहँदैन । किन ? किनभने हाम्रो अस्वस्थ्य जीवनशैली र असन्तुलित खानपानले हाम्रो शरीर जीर्ण बनाउँछ । रोगी बनाउँछ । परिणामतः हामी बुढो देखिन थाल्छौ । उमेर नपुगी नै हाम्रो अनुहार चाहुरिन थाल्छ ।

अब के गर्ने त ?

यसका लागि एउटै उपाय हो, सन्तुलित जीवन, सन्तुलित खानपान, सन्तुलित दिनचर्या । हरेक कुराको सन्तुलन मिलाइयो भने हामी बुढ्यौलीलाई रोक्न सक्छौ । यसका लागि हामीले खाना स्वस्थ्य हुनुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । शारीरिक रुपमा सक्रिय हुनुपर्छ । सफा हुनुपर्छ । मन पनि स्वस्थ्य र सुन्दर हुनुपर्छ ।
१. जवान रहनका लागि मनलाई पनि जवान राख्नुपर्छ । अर्थात आफुलाई बुढो महसुष नगरौ, जहिले पनि जवान र तन्दुरुस्त महसुष गरौ ।

२. सधै सक्रिय र उर्जाशिल रहनुपर्छ । अक्सर शारीरिक र मानसिक रुपमा सक्रिय रहनेहरु बुढो हुँदैन ।

३. नियमित व्यायाम गरौं, योग गरौं, ध्यान गरौं, प्राणायाम गरौं । शरीरका भित्री अंगहरुले राम्ररी कार्यसम्पादन गर्न सकोस् । शरीरमा रक्तप्रवाह राम्ररी हुन सकोस् ।

४. पाचन यन्त्रलाई तन्दुरुस्त राख्न स्वस्थ्य, सुपाच्य र सन्तुलिन खाना सेवन गरौ । फाइबरयुक्त खानेकुरा, सलाद, सागपात, फलफूललाई आफ्नो डाइटमा सामेल गरौं ।

५. सधै खुसी र सकारात्मक रहने अभ्यास गरौ । मनमा कुष्ठा, रिस, आवेग, लोभ, कुबिचार आदि राख्नाले पनि हाम्रो शरीर चुस्त, फूर्तिलो हुन पाउँदैन । यस्ता कुरा त्यागौ ।

६. दिनचर्या नियमित र सन्तुलित होस् । सुत्ने, उठ्ने तालिका नियमित गरौ । खाने समय पनि नियमित हुनुपर्छ । सहि समयमा शौच क्रिया गर्ने, नुहाउने, खाने, सुत्ने, उठ्ने गरौं ।

त्यसो त केहि यस्ता फल वा खानेकुरा छन्, जसले हाम्रो बुढ्यौली रोकिदिन्छ । अर्थात जवान हुनका लागि हामीलाई थप सघाउँछ । के हुन् त ति ?

गोलभेडा र तरजबुजा

गोलभेडा र तरभुजलाई लाइकोपेनको समृद्ध स्रोतको रुपमा चिनिन्छ । लाइकोपेनले प|mी रेडिकल्सलाई न्यूटि्रलाइज गर्दै त्यसको सामना गर्छ र क्यान्सर हुने सम्भावना पनि घटाउँछ । साथै यी दुई फलमा रहने एन्टिअक्सिडेन्ट्सले त्वचालाई घामको असरबाट सुरक्षित राख्छ । पकाएको टमाटर उत्तम हुन्छ किनकी यसले शरीरमा अधिक एन्टिअक्सिडेट्स आपूर्ति गर्छ । गोलमेडाको जुस वा काँचो गोलभेडा खानु पनि लाभदायक नै हुन्छ ।

लसुन र प्याज

लसुन र अन्य प्याजमा एलियम हुन्छ जुन प|mी रेडिकल्ससँग सामना गर्ने शक्तिशाली हतियार हो । यसले केवल बुढ्यौलीको सामना मात्रै गर्दैन बल्कि शरीरको पाचन प्रणालीलाई पनि मजबुत बनाउँछ ।

बेरीज

बेरीज, जस्तै ब्ल्यूबेरीज, स्ट्रबेरीज, ब्ल्याकबेरीज, चेरीज र अनार एन्टिअक्सिेडेन्ट्सबाट भरिपूर्ण हुन्छ । गाढा रंगयुक्त फल तथा तरकारीमा एन्टिअक्सिडेन्ट् केमिकल सुरक्षित हुन्छ ।

सिमी

सिमी एन्टिअक्सिडेन्ट्सको समृद्ध स्रोत हो । सोयाबिन्समा आइसोफ्लेबन्स हुन्छ, जसमा एन्टि-एजिङ गुण निहित हुन्छ । यो क्यान्सर, कोलस्ट्रल तथा अस्टियोपोरोसिसको रोमथाममा सहायक हुन्छ ।

बदाम

बदाममा स्वास्थ्यबर्द्धक फ्याट हुन्छ जसले इलास्टिन र कोलेजेनको लाभ दिँदै त्वचाको कसिलोपना कायम राख्छ । एक मुठ्टी बदाम दैनिक सेवन गर्दा तपाईंले निश्चितरुपमा एन्टिअक्सिडेन्ट्स पाउनुहुन्छ । यसलाई कम मात्रामा लिने सल्लाह दिइन्छ किनकी बदाममा धेरै क्यालोरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment