+
+
Shares

अनाथ आश्रमलाई नारी समाजको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २७ गते १०:३१


पोर्चुगल । नेपाली नारी समाज, पोर्चुगलले प्रवासमा देउसी भैलो खेलेर संकलन गरेको रकम अनाथ आश्रमलाई सहयोग गरेको छ ।

समाजले सुनसरीको इटहरी –४, सयपत्री टोलमा रहेको निसहाय बालबालिका सेवा आश्रमलाई आर्थिक सहयोग गरेको हो । आश्रमका लागि सहयोगार्थ आयोजित देउसी भैलो कार्यक्रमबाट संकलित १ लाख ८९ रुपैयाँ आश्रमलाई सहयोग प्रदान गरिएको समाजकी अध्यक्ष सिता बरालले जानकारी दिइन् ।

सहयोग रकम आश्रमकी सञ्चालिका गीता गौतमलाई रेमिट्यान्समार्फत् पठाइएको हो ।

तिहारको अवसरमा समाजले पोर्चुगलमा रहेका प्रवासी नेपालीहरुबाट सहयोग रकम संकलनका लागि घरदैलो देउसी भैलो अभियान नै सञ्चालन गरेको थियो ।

गौतमले अनाथ र असहाय बालाबालिकाहरुको सेवा गर्ने उद्देश्यले ०४१ सालमा आफ्नै प्रयास र लगानीमा उक्त आश्रम सञ्चालनमा ल्याएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?