Comments Add Comment

लिङ्देनलाई भोट माग्दै ओलीले भने-चुनावपछि बेग्लै कुरा छ

२७ कत्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राजतन्त्रलाई कसैले फर्काउन नसक्ने बताएका छन् । अहिले टेक्ने सहारा केही नपाएपछि राप्रपाले राजतन्त्र भनेको भन्दै उनले चुनावपछि छाड्ने दाबी गरे ।

देशभर कांग्रेससँग चुनावी तालेमल गरेको राप्रपा झापामा वाम गठबन्धनसँग मिलेको छ । झापा ३ मा वाम गठबन्धनले राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई समर्थन गरेको छ, जहाँ कांग्रेसका कृष्ण सिटौला उम्मेदवार छन् ।

झापाको चप्रामारीमा सोमबार आयोजित चुनावी सभामा ओलीले लिङ्देनलार्इ जिताइछाड्ने दाबी गरे । चुनावपछि राप्रपा पनि राजतन्त्रतिर नभई एमाले र माओवादीको जस्तै जनतातिर र्फकने उनले बताए ।

‘अहिले हामीले भनेजस्तो भन्न गाह्रो छ । अलिपछि बेग्लै कुरा छ’ एमाले अध्यक्ष ओलीले भने ।

महादेवले सतिदेवी बोक्दा त पास नलागेको भन्दै उनले अघि भने, ‘राजतन्त्र पनि फर्किँदैन । राजप्राले पनि बोक्दैन, प्वाक्क भन्न मात्र गाह्रो भएको हो ।’

एमाले अध्यक्ष ओलीले कांग्रेसले लोकतन्त्र नभई लुटतन्त्र बुझेको आरोप लगाए । ‘कांग्रेसले लोकतन्त्र बुझ्दैन, लुटतन्त्र बुझ्छ’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment