Comments Add Comment

बुढीगण्डकीको सम्झौता खारेज गरेर सरकारले गल्ती गर्‍यो: प्रचण्ड

‘यो सरकार संकीर्ण राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चलेको प्रमाण हो’

फाइल तस्वीर

२९ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ कम्पनीसँग गरेको सम्झौता खारेज गरेर सरकारले गल्ती गरेको बताएका छन् ।

आफूहरु मुख्य घटक भएपनि सरकार एकलौटी रुपमा चलेको भन्दै उनले असन्तुष्टि जनाए । चितवनमा सञ्चारकर्मीहरु कुरा गर्दै प्रचण्डले भने, ‘सरकारका सहभागी प्रमुख दलको सहमति विना निर्णय गर्न मिल्दैन ।’

आफ्ठ्यारो अवस्था आए भूमिका खेल्न सकिन्छ भनेर मात्र सरकारमा बसेको उनको दाबी छ ।

माओवादी अध्यक्ष प्रचण्डले बुढिगण्डकीको सम्झौता खारेज गरेर सरकारले गल्ती गरेको बताए ।

धेरै मेहनत गरेर बुढीगण्डकी आयोजनामा सम्झौता गरिएको र यो सफल हुँदा आर्थिक क्रान्ति नै हुने अवस्था रहेको भन्दै उनले भने, ‘एकलौटी ढंगले खारेज गरिएको छ । यो सरकार आर्थिक विकास र सम्बृद्धितिर होइन, निकै संकीर्ण राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चलेको छ भन्ने प्रमाण हो ।’

उनले अघि भने, चीन सरकारका प्रतिनिधिसमेत बसेर गरेको सम्झौता हो । त्यो खारेज गरेर गलत गरेको छ ।’

प्रचण्ड सरकारको अन्तिम समयमा १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो । यो आयोजनाले वन बेल्ट वन रोडमा राख्न समेत प्रस्ताव गरिएको छ ।

तर, संसदीय समितिले निर्देशन दिएको भन्दै देउवा सरकारले हालै मात्र सम्झौता खारेज गरेको छ ।

हेर्नुस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment