Comments Add Comment

ताप्लेजुङमा खेतबारीमै मतदाता शिक्षा

मतदाता व्यस्त हुँदा शिक्षा दिन समस्या

१ मंसिर, ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-८ कि सामाजिक परिचालक इन्दु पालुङ्वा मतदाता शिक्षा कार्यकर्ता भएकी छिन् ।

उनी बिहानै उठेर छिमेकको घरघरमा जान्छिन् र भेटेजतिलाई चुनावमा भोट हाल्न सिकाउँछिन् । खाना खाएपछि उनको ध्यान गाउँका घरघरमा होइन धान काट्ने र थन्क्याउन खेतबारीमा पुग्छ ।

उनी झोलामा मतदाता शिक्षा सामगि्र बोकेर खेतबारीमा पुग्छिन् । निर्वाचन कार्यलयले उनलाई एक वडाका करीव ९ सय मतदातालाई निर्वाचन शिक्षा दिन खटाएको छ ।

उनले अबको करीव आठ दिनमा ९ सय बढी मतदातालाई प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा सही तरिकाले मतदान गर्न सिकाउनुपर्ने बाध्यता छ ।

इन्दुले जस्तै ताप्लेजुङका ११४ जना मतदाता शिक्षा कार्यकर्ताले यसरी नै शिक्षा दिइरहेका छन् ।

निर्वाचन शिक्षा दिने समय र किसानको खेतमा पाकेको धान थन्क्याउने समय एउटै भएपछि घरमा मतदाता नभेटिने हुँदा खेतसम्मनै पुग्नुपर्ने बाध्यताले समय अपुग भएको इन्दुको भनाइ छ ।

‘खेतमा गयो मतदाताको परिचय पत्रको नम्बर पनि लेख्नु भनेको छ, खेतमा कहाँ परिचयपत्र पाउनु ?’ उनले भनिन्,’घरमै भेटेकाको पनि खोज्दा समय लाग्छ । भोटहाल्न सिकाउन पनि उतिकै समय, यो पटक शिक्षा दिन धेरै गाह्रो छ ।’

इन्दुले जस्तै फुङ्लिङ ८ कि तारा घिमिरेले दिउँसो घरघरमा गएर मतदाता शिक्षा दिने सोचेर विहीबार दिनभर धेरै घर चहारिन तर सबै घरमा ताल्चा लगाइएको थियो ।

सबै स्थानीय धान थन्क्याउने चटारोमा रहेकाले आफूले खेतबारीमानै भेला पारेर मतदाता शिक्षा दिने तयारीमा रहेकेा बताइन ।

ढिला गरी मात्र ताप्लेजुङमा निर्वाचन शिक्षा सामग्री आइपुगेको र मतदाता शिक्षा कार्यकर्ताले पनि ढिलो मात्रै सो सामागि्र पाएकाले आफूहरुलाई सबै मतदाताकोमा पुगेर विस्तृत रुपमा सिकाउन समस्या हुने गरेको मतदाता शिक्षा कार्यकर्ताहरुको भनाइ छ ।

स्थानीय तहको निर्वाचनमा एउटै मत पत्रमा मतदान गरेका स्थानीयले यस पटकको निर्वाचनमा भने तीनवटा फरक मतपत्रमा चार ठाउँ मतदान गर्नुपर्दा मतदान केही झन्जटिलो देखिएको छ ।

सबैलाई मतदाता शिक्षा दिनुपर्ने बाध्यता हुँदा सबै स्थानमा शिक्षाका लागि कार्यकर्ता र सामगि्र पठाई काम जारी रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका प्रमुख महेश कुमार ठाकुरले बताए ।

यता जिल्लाका स्थानीय राजनीतिक दल र सरोकारवालाहरुले भने हतारमा गरिएको मतदान शिक्षाले मतबदर अझै बढाउने सम्भावना रहेको बताउँछन् ।

स्थानीय तहको निर्वाचना पनि मतदाताशिक्षा जिल्लामा कम प्रभावकारी भएकाले मत बदरको संख्या बढि देखिएकाले सचेत भएर शिक्षा दिन निर्वाचन शिक्षा कार्यकर्तालाई सुझाव दिएका छन् ।

७३ मतदान स्थल रहेको ताप्लेजुङका ११४ मतदान केन्ऽमा यस पटक ७८ हजार ३९७ मतदाताले आˆनो मताधिकार प्रयोग गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment