Comments Add Comment

आर्यनको फिल्ममा साम्राज्ञीको महंगो डिमाण्ड, यस्तो छ १० लाखको किस्सा


नायक आर्यन सिग्देलले निर्माण तथा अभिनय गर्न लागेको चलचित्र ‘कायरा’ अहिले चर्चामा छ । विशेषगरि, यो चलचित्रमा नायक आर्यन सिग्देलसँग नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने भएपछि चर्चा सुरु भएको हो । लक्ष्मण रिजालले निर्देशन गर्ने चलचित्रलाई फिलिपिन्समा खिचिनेछ ।

आर्यन अहिले यो चलचित्रको निर्माणमा दौडधुप गरिरहेका छन् । यसअघि निर्माता सुवास गिरीसँग मिलेर उनले ‘नोभेम्बर रेन र क्लासिक’मा लगानी गरेपनि यसपटक भने उनले सम्पूर्ण जिम्मा आफै सम्हाल्दैछन् ।

यो चलचित्रमा साम्राज्ञी अनुवन्धित भएकी छिन् तर चर्को मुल्यमा । वुझिएअनुसार साम्राज्ञीले चलचित्रमा अभिनय गरेवापत १० लाख पारिश्रमिक लिएकी छिन् । रमाइलो कुरा त के छ भने, साम्राज्ञीले आर्यन र निर्माण टोलीसँगको भेटमा ८ लाख पारिश्रमिक मागेकी थिइन् । यति रकम दिन आर्यन तयार पनि भए ।

तर, पछि घर पुगेर साम्राज्ञीले २ लाख पारिश्रमिक बढाइन् । उनले, चलचित्रका लागि पहिरन तयार पार्नु पर्ने भएकाले २ लाख पारिश्रमिक थप मागेको चर्चा चलचित्र बजारमा सुनिन थालिएको छ । आर्यन २ लाख थप गर्न पनि तयार भए ।

आर्यनको यो चलचित्रमा साम्राज्ञीले नखेल्ने हो भने यो चलचित्र नै नबन्ने चर्चा चलचित्र वृत्तमा छ । यसैले, पनि साम्राज्ञीले आर्यनसँग यस्तो डिमाण्ड गरेकी हुन् ।
चलचित्र चलेको बेलामा कलाकारहरु चर्को पारिश्रमिक र विभिन्न खालका डिमाण्ड गर्न हौसिन्छन् । तर, चलचित्र चल्न छाडेपछि अफर मात्र आइदियोस् भनेर कामना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment