Comments Add Comment

एन्टिबायोटिकले एक करोड व्यक्तिको मृत्यु हुन सक्ने


हामीकहाँ रुघाखोकी लाग्दा समेत एन्टिबायोटिक चपाइदिने चलन छ । जबकी रुघाखोकी सामान्य घरेलु औषधीले पनि ठिक हुन्छ । तर, हामी छिटो र सजिलोका लागि एन्टिबायोटिक चपाउँछौ । जबकी यसको असर निकै भयानक छ ।

सामान्य शारीरिक समस्या आउनसाथ चिकित्सकले एन्टिबायोटिक थमाइदिन्छन् । हामी पनि कुनै दुख बिराम हुनसाथ एन्टिबायोटिक चलाउँछौ ।

किनभने यसको भयावह असरबारे हामी अनभिज्ञ छौ । क्षणिक रुपमा हामीलाई यसले आरम मिले पनि त्यसले दीर्घकालिन रुपमा निकै असर पर्छ ।

एक करोड व्यक्तिको मृत्यु

विश्वमा एन्टीबायोटिक्सको जथाभावी प्रयोग बढ्दै गएको छ । एन्टीबायोटिक्सको जथाभावी प्रयोगकै कारण सन् २०५० सम्ममा एक करोड मानिसको मृत्युको कारण एन्टीबायोटिक्स रेजिस्टेन्स हुन सक्नेछ । यो आंकडा विश्व स्वास्थ्य सगठनले निकालेको हो ।

विश्व स्वास्थ्य संगठनकै अनुसार एन्टीबायोटिक्सका जथाभावी प्रयोगकै कारण हाल विश्वमा एन्टी माइक्रोबायल रेजिस्टेन्ट पैदा भैरहेको छ, जसको कारण एन्टीबायोटिकको असर हुन छाडेको छ । कतिपय मुलुकमा एन्टिबायोटिक प्रयोगका लागि छुटै निती बन्ने क्रममा छ । तर, नेपालमा एन्टीबायोटिकस सम्बन्धि कुनै नितिनियम नहुँदा सामान्य रुघाखोकीमा पनि मानिसहरु एन्टीबायोटिक्सको प्रयोग गर्छन् ।

आफुखुसी एन्टिबायोटिक

एक तथ्यांक अनुसार नेपालमै पनि झण्डै ६० प्रतिशत एन्टीबायोटिक्सको सेवन चिकित्सकको परामर्श विना नै गरिन्छ ।

चिकित्सकका अनुसार कुनै पनि एन्टीबायोटिक्स प्रयोग गनुृ पूर्व रगतको कल्चर आवश्यक छ । यसले विरामीलाई कुन प्रकारको एन्टीबायोटिक्स जरुरी छ भन्ने जानकारी गराउँछ ।

सामान्यतया यस्ता एन्टीबायोटिक्सको प्रयोग चिकित्सकको सल्लाह अनुसार मात्र गर्नु पर्छ । त्यस्तै, बैक्टेरियाको संक्रमण भएमा मात्र एन्टीबायोसिटक्सको प्रयोग गर्नु पर्छ ।

फ्लु, चिसो लगायतको भाइरल संक्रमणमा एन्टीबायोटिक्सले कुनै असर गर्दैर्न । र, एक पटक एन्टीबायोटिक्स सुरु गरेपछि त्यसको डोज पूरा गर्नैपर्छ । आफूले प्रयोग गर्ने एन्टीबायोटिक्स साथी, भाई तथा परिवारका सदस्यसित कहिल्यै बाड्नु हँुदैन । एन्टीबायोटिक्सको प्रयोग गर्नु पूर्व चिकित्सकको सल्लाह अनिवार्य छ ।

सामान्यतयाः चिकित्सकले प्रेस्क्राइब गर्ने एन्टीबायोटिक्सको पूरा डोज पाँच देखि सात दिनको हुन्छ । विना पूरा डोज एन्टीबायोटिक्स बीचमै छोडेको खण्डमा यसले रोगको वैक्टेरिया पूर्णतया खतम हुँदैन । र, पछि यही वैक्टेरियाले प्रतिरोध पैदा गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment