+
+
Shares

गच्छदार भन्छन्– कर्मचारी सरुवा सामान्य प्रक्रिया

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ मंसिर ६ गते १३:३५

६ मंसिर, बिराटनगर । उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले निर्वाचनको मुखमा प्रमुख जिल्ला अधिकारी सरुवा गर्नु सामान्य प्रक्रिया भएको दाबी गरेका छन् ।

उनले निर्वाचनको शान्ति सुरक्षाका लागि अति आवश्यक सेवामा रहेका कर्मचारीलाई जुनसुकै समयपनि सरुवा गर्न सक्ने बताएका हुन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता गच्छदारले भन, ‘निर्वाचनलाई भयरहित बनाउन सरकारका संयन्त्रमा रहेका कर्मचारीलाई जुनसुकै समयमा सरुवा गर्न मिल्छ, सिडियो सरुवा हुनु समान्य कुरा हो ।’

कांग्रेसका नेता गच्छदारले निर्वाचन सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने पनि दाबी गरे ।

उनले निर्वाचन सुरक्षाका लागि सबै संयन्त्र प्रयोग गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन आम मतदातालाई आग्रह समेत गरे ।

मंसिर १० र २१ गते हुने निर्वाचनलाई निष्पक्ष एवं शान्तिपूर्ण रुपले सम्पन्न हुने बताउँदै गच्छादरले भने, ‘निर्वाचन भयरहित बनाउन सरकार प्रतिवद्ध भएर लागेको छ ।’

गच्छदारले निर्वाचन विथोल्न केही समूहले अराजक गतिविधि गरिरहेको भन्दै त्यस्ता गतिविधिलाई परास्त गर्न सरकार सक्षम रहेकाले जुनसुकै अवस्थामा पनि निर्वाचन भएरै छाड्ने उनको भनाई थियो ।

उनले निर्वाचन हुँदैन भनेर शंका नर्गन पनि दलहरुलाई आग्रह गरे ।

यो पनि पढ्नस् 

चुनावको मुखमा प्रहरीका उच्च अधिकारीहरुको सरुवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?