+
+
Shares

चुनावको मुखमा प्रहरीका उच्च अधिकारीहरुको सरुवा

चार डिआइजी एआइजीमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ६ गते १४:०८

६ मंसिर, काठमाडौं । गृहमन्त्रालयको कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा नेपाल प्रहरीका उच्च अधिकारीहरुको सरुवा गरिएको छ । पहिलो चरणको मतदानको मुखैमा बागलुङका प्रहरी प्रमुख फेरिएका छन् ।

त्यस्तै, देउवाकै प्रस्तावमा मन्त्रीपरिषद् बैठकले २ प्रदेशका प्रहरी प्रमुख समेत सरुवा गरेको छ ।

बैठकले ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामा र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी बिजय भट्टलाई सरुवा गरेको हो ।

मिङमारलाई हेडक्वार्टर तानेर उनको ठाउँमा बुधबारै डिआइजीबाट आइएजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ ।

त्यस्तै, ७ नम्बर प्रदेशको प्रहरी प्रमुखमा माधव नेपाललाई सरुवा गरिएको छ । नेपाल पनि बुधवारमात्रै एआइजी बढुवा भएका हुन् ।

बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको छ ।

प्रहरी हेडक्वार्टरले बागलुङ र नुवाकोटका प्रहरी प्रमुखलाई पनि सरुवा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?