+
+
Shares

दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ७ गते ११:०२

७ मंसिर, पथरी, मोरङ । सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएको छ ।

एशियाली विकास बैंक (एडिवी)को सहयोगमा निर्माण भइरहेको ढल, नाला र ग्राभेल सडकमा कालोपत्रे हुने भएपछि नगरवासीले खेप्दै आएको धुलो र दूषित प्रदूषणबाट मुक्ति पाउने छन् । खाल्डाखुल्डी सडकका कारण आवागमनमा समस्या देखिँदा महानगरपालिका आलोचित बन्दै आएको थियो ।

विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत प्रदीप निरौलाले आउँदो सातादेखि नगर क्षेत्रका करिब ७४ किलोमिटर सडक कालोपत्रे गर्न सर्भेक्षण भइरहेको जानकारी दिए ।

एशियाली विकास बैंकअन्तर्गत रहेको (आरयुडिपी) को रु दुई अर्ब ४० करोडको सहयोगमा सडक कालोपत्रे हुन लागेको हो । यस्तै सघन शहरी विकास कार्यक्रमअन्तर्गत रु एक अर्बभन्दा बढीको लगानीमा नगर क्षेत्रको ११ किलोमिटर थप सडक निर्माण गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?