Comments Add Comment

आउँदो बर्ष बलिउडमा स्टार भिडन्त, जान्नुहोस् कुन-कुन फिल्म रिलिज हुँदैछन्


वर्ष २०१७ सकिनै लाग्दा मिडियाका केही पृष्ठमा आउँदो वर्ष कुन-कुन चलचित्र प्रदर्शन हुने छन् र ति चलचित्रमा को-को कलाकारले अभिनय गरेका छन् भन्ने चर्चा सुरु भएको छ ।

भारतीय मिडियाले उल्लेख गरेअनुसार अहिले धेरैको नजर सन् २०१८ मा रिलिज हुने चलचित्र ‘२.०’ को बजेटमा परेको छ । महंगो लागतमा बनेको साइन्स फिक्सन ‘२.०’ प्रति दर्शकहरु आशावादी पनि छन् । यो चलचित्रको रिलिज फाइनल भैसकेको छैन ।

सन् २०१८ मा दर्शकले धेरै भेराइटीका चलचित्र हेर्न पाउने भएका छन् । कमेडी चलचित्र ‘प्याडम्यानदेखि सिद्धार्थ मल्होत्राको चलचित्र ‘ऐयारी’ जनवरीमा रिलिज हुनेछन् । अनुश्का शर्माको निर्माण तथा अभिनय रहेको चलचित्र ‘परि’ फेब्रुअरिमा रिलिज हुने भएको छ ।

रानी मुखर्जीको कमब्याक चलचित्र ‘हिचकी’ अर्को रुचीको चलचित्र हुनसक्छ । सेफ अली खान, रानी मुखर्जी र करिना कपुरले यसमा अभिनय गरेका छन् । जोन अब्राहम, डायना पेन्टी, बोमन इरानी लगायका कलाकारले अभिनय गरेको ‘परमाणु’ पनि दर्शकका लागि रुचीको चलचित्र हुनसक्छ । यी तीनै चलचित्र फेब्रुअरिमा प्रदर्शन हुने भएको छ ।

सुशान्त राजपुत, ज्याकलिन फर्नाडिस र सपना पब्लीको मुख्य भुमिका रहेको ‘ड्राइभ’ मार्चमा रिलिज हुने भएको छ । उर्वसी रौतेला, करन वाही, विवान भटेना, गुलशन ग्रोवर अभिनित ‘हेट स्टोरी ४’ पनि मार्चमै रिलिज हुने छ । अजय देबगणको ‘रेड’ र सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मार्च महिनामा रिलिज हुने चलचित्रको सूचीमा छन् ।

टाइगर श्राफको ‘बागी-२’, र कंगना रनौतको ‘मणिकर्णिका’ले अप्रिललाई रिलिज मिति तोकेका छन् । त्यस्तै आलिया भट्टको ‘राजी’, सोनम कपुरको ‘वीरे दि वेडिङ्ग’ पनि मे मै रिलिज हुने भएको छ ।

ज्याकलिन फर्नाडिस र सलमान खान अभिनित ‘रेस-३’, ऐश्वर्या राय र अनिल कपुरको ‘फन्ने’ले जुलाइलाई प्रदर्शन मिति तोकेका छन् । ‘सन्दिप और पिंकी फरार’ र ‘गोल्ड अगस्त’मा प्रदर्शन हुने भएको छ । सेप्टेम्बरमा ‘सुई धागा’ प्रदर्शन हुने भएको छ भने आमिर खान अभिनित ‘ठग्स अफ हिन्दुस्तान’ नोभेम्बरमा प्रदर्शन हुने छ । त्यस्तै डिसेम्बरमा ‘केदारनाथ, द एक्सीडेन्टल प्राइम मिनिस्टर’ र साहरुख खानको अनटाइटल प्रोजेक्ट रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment