नवविवाहित महिलाको महिनावारी रोकिने वित्तिकै सुखद समाचारको आशा गरिन्छ । हामीलाई लाग्छ, गर्भ रहन गयो । नव दम्पतीको लागि यो कुराले खुसी दिन्छ नै । तर, सधै त्यो खुसीको कारण मात्र हुादैन । किनभने महिनावारी रोकिनुको अर्थ महिला गर्भवती नै भएको हुनुपर्छ भन्ने छैन ।
धेरै महिलाहरु विवाहपछि अनियमित महिनावारीको समस्या भोग्छन् । बिहेलगत्तै महिनाबारीमा ढिलाई भयो भने उनीहरु आत्तिन्छन् । तर, अरु कारणले पनि महिनावारी रोकिएको हुन सक्छ । के हुन् त ती कारण ?
मानसिक तनाव
बिहे अगाडि र पछाडि अधिकांस महिलाहरु मानसिक तनावबाट गुजि्ररहेका हुन्छन् । कहिले नयाा घर र परिवारको बारेमा उनीहरु सोचिरहेका हुन्छन् त कहिले श्रीमानको बारेमा । यतति मात्र होइन, बिहेपछि असल बुहारी बन्नुपर्ने दवाव पनि उनीहरुलाई हुन्छ ।
यही दवावका कराण उत्पन्न तनावले गर्दा उनीहरुको महिनावारी चक्र बिगि्रन्छ । एक रिपोर्टका अनुसार लामो समयसम्म तनावमा रहने तथा कुनै कुरालाई लिएर अत्यधिक चिन्तित रहने कारणले महिलाको महिनावारी छुट्छ वा अनियमित हुन्छ ।
गर्भनिरोधक औषधि
अनिच्छिक गर्भ रहनबाट जोगिनका लागि यदि तपाईं पनि निस्पिmक्रीसाग गर्भनिरोधक औषधि प्रयोग गर्दै हुनुहुन्छ भने सजक रहनुहोस । किनकी यसले तपाईंको महिनावारी चक्र बिगारिदिन सक्छ । यद्यपि यसको असर लामो समयसम्म रहादैन ।
डाक्टरका अनुसार यसको कारणले केही महिलाहरुको अत्यधिक कम रक्तश्राव हुन्छ भने केही महिलाहरुको महिनावारी ढिलाई हुन्छ । यस्तोमा यदि तपाईंलाई कुनै महिना महिनावारी भएन भने आमा बन्ने भएा भनेर ढुक्क हुनुहादैन ।
फेरिएको जीवनशैली
यदि बिहेपछि जीवनशैलीमा ठुलै परिवर्तन आएको छ भने यो पनि महिनावारी अनियमित हुने कारण बन्न सक्छ । शरीरलाई तपाईंको बदलिएको दैनिक कार्यतालिकासाग तालमेल मिलाउन केही समय लाग्छ । त्यसैले यस्तो हुन्छ । यसमा चिन्ता लिनुपर्ने कुरा केही छैन ।
।
तौलमा परिवर्तन
यदि तपाईं बिहेपछि ह्वात्तै मोटाउनुभयो वा दुब्लाउनुभयो भने यसको असर महिनावारी चक्रमा पर्न सक्छ । तौल कम-बेसी हुादा हार्मोनको सन्तुलन बिगि्रन्छ र महिनावारी अनियमित हुन्छ ।
गणनामा सावधानी
आमरुपमा महिनावारी चक्र २८ दिनको हुन्छ । तर केही महिलाहरुको हकमा योभन्दा बढि वा कम दिनको हुन सक्छ । हुन सक्छ तपाईंको चक्र लामो छ । त्यसैले आफ्नो महिनावारी चक्रलाई ध्यानमा राख्नुस । र, महिनावारी अलि दिन ढिला हुादैमा नआत्तिनुस ।
प्रतिक्रिया 4