Comments Add Comment

आरजुलाई ओलीको प्रश्नः एक झोला पैसाले घर किन्दैमा स्थानीय भइन्छ ?

फाइल तस्वीर

८ मंसिर, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक झोला पैसा बोकेर घर किन्दैमा कोही पनि स्थानीय उम्मेदवार हुन नसक्ने बताएका छन् ।

कैलाली ५ का कांग्रेस उम्मेदवार आरजु राणाले टुरिष्टको आरोप लागेपछि घर किनेकी छन् ।

शुक्रबार धनगढीमा आयोजित चुनावी सभामा राणाका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानालाई भोट माग्दै एमाले अध्यक्ष ओलीले भने, ‘ काठमाडौंबाट केही केही मान्छे पैसाको थैला बोकेर म त यहीँको भएँ नि भन्दै घर घरेडी किन्दै आएका छन् । यहाँको हुन एक झोला पैसाले घर किन्दैमा हुन्छ ?’

‘मान्छे देखेको छैन, घर देखेको छ । अनि आफ्नो मान्छे भयो ? अघि थपे, ‘अलि अस्ति आएको भए पनि हुन्थ्यो नि !

‘धन्नै हो कांग्रेसको लोकतन्त्र’ भन्दै ओलीले भने, ‘माथितिर श्रीमान, तल श्रीमती, छोरा अलि सानो छ । नत्र भने छोरा पनि (उम्मेदवार) हुन्थे । हाम्रो काम अरुलाई बोक्ने मात्र । ‘

यहाँका थारुले जित्नु हुन्न ? काठमाडौंबाटै आउनु पर्छ भन्दै ओलीले १०४ वर्ष शासन गरेका राणाका छोराछोरीहरुको जिब्रोका स्वद अझै नगएको टिप्पणी गरे ।

वाम गठबन्धनका उम्मेवार नारदमुनी त्यहीँको धुलामाटोमा खेलेर हुर्किएको र जितेपनि हारेपनि त्यही रहने तर, अरु फर्किने हो कि होइन थाहा नभएको उनले बताए ।

प्रहरी अधिकारीहरुदेखि सीडीओ दिनदिनै फेरिएको भन्दै ओलीले चुनावमा धाँदली गर्ने प्रयास भएको बताए । उनले अघि भने, ‘म भन्न चाहन्छु, सरकारी कर्मचारी दुई दिने सरकारको नोकर होइनन्, सबैको भूमिका निश्पक्ष हुनुपर्छ । एकाध मान्छेको सेवामा इमान छोड्न र कानुन तोड्न काम गर्नु हुँदैन ।’

जस्तो धाँदली गर्छु भनेर सोचेको छ, त्यो हुन नदिने भन्दै ओलीले मतपत्रको बाकस आफूहरुको आँखाबाट आझेल पर्न नदिने बताए । साथै मंसिर २१ पछि वामपन्थी सरकार बन्छ भन्ने हेक्का राख्न पनि आग्रह गरेका छन् ।

ओलीले केहीले हृयाकुलाले मिच्छौं भनेको सुनेको भन्दै भने, मिच्ने हृयाकुलाहरु धेरै देखिए ।’

एमाले अध्यक्ष ओलीले अब एमाले र माओवादी केन्द्रको पार्टी एकता कसैले रोकेर नरोकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment