Comments Add Comment

सफल यौनजीवनका लागि त्याग्नैपर्ने खानेकुरा

सुन्दा सामान्य लाग्छ वा अपत्यारिलो पनि, यौन जीवनमा खानपानको असर हुन्छ । यद्यपी यो सत्य हो हामीले गर्ने खानपानले हाम्रो यौन जीवनमा प्रभाव पार्छ । खानाको असर हर्मोनमा पर्छ । हर्मोनले यौनसुखमा केहि न केहि असर गर्छ नै ।

केहि यस्ता खानेकुरा हुन्छ, जसले प्रजनन र सम्भोग सुखमा नकारात्मक असर पर्छ । के हुन् त ति खानेकुरा ।

कफी

बिहान एक अप कफि सुरुप्प पार्नु कुनै गलत कुरा होइन । तर, प्रत्येक दिन बारम्बार कफी पिउने हो भने यसले तपाईंको यौन जीवनलाई प्रभावित बनाउन सक्छ । यसको अत्यधिक सेवनले शरीरको स्ट्रेस हार्मोन असन्तुलित हुन जान्छ, जसको फलस्वरुप तपाईंलाई तनाव हुन थाल्छ । त्यसैले आफ्नो सेक्स लाइफलाई सुन्दर बनाउन चाहने हो भने कफीको सेवन कम गरौं ।

मदिरा

मदिरा सेवनबाट हाम्रो शरीर नशामा लठि्ठएर संवेदनहीन हुन जान्छ, जसले गर्दा रिल्याक्स अनुभव हुन्छ । तर, डाक्टरहरुका अनुसार यसको सेवनले हाम्रो शरीरमा बन्ने प्राकृतिक ह्याप्पी हार्मोनमा कमि आउँछ र टेस्टोस्टेरोनको लेभल कम हुन्छ । यदि तपाईं मदिरा सेवनबाट रोमान्टिक भइन्छ भन्ने सोच ठीक होइन ।

फास्ट फुड

फास्ट फुड जति हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ, त्यति नै यसले हाम्रो यौन जीवनमा पनि नकारात्मक असर पार्छ । यसमा मौजुद रहने अत्यधिक फ्याटले शरीरको टेस्टोस्टेरोन लेभललाई कम गरिदिन्छ । त्यसैले फास्ट फुडबाट टाढा रहेको राम्रो ।

सोडा

केही मानिसहरु खाना खाएपछि सोडा पिउन रुचाउँछन् । तर दैनिक सोडाको सेवनले स्वास्थ्यलाई हानी गर्छ । यसको नियमित सेवनले दाँतमा किरा लाग्ने, मोटोपना, मधुमेह आदि हुने खतरा निकै बढेर जान्छ । यी सबै समस्याहरुले यौन जीवनलाई नकारात्मक प्रभाव पार्छन् ।

कृत्रिम डेरी उत्पादन

बजारमा उपलब्ध बढिजसो डेरी उत्पादन, जस्तै चकलेट, डि्रंक्स आbmि कृत्रिम दूधले बनेका हुन्छन् । यिनीहरुको अत्यधिक सेवनबाट प्रोगेस्टेरोन, इस्ट्रगेन, टेस्टोस्टेरोन आदि हार्मोनको सन्तुलन बिगि्रन्छ । यसका अलावा यिनीहरुमा रहने विशाक्त पदार्थले बिस्तारै बिस्तारै हाम्रो शरीरको यौन चाहनालाई कुण्ठित बनाउँदै लैजान्छ ।

चिप्स

चिप्त तारिएको आलूबाट बनेको हुन्छ जसको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसमा रहने अत्यधिक फ्याटले सम्भोग क्षमतामा ह्रास आउँछ ।

चुइंगम

यदि तपाईंको चुईगम चपाउने बानी छ भने सावधान हुनुस । चुईंगमले पाचन शक्तिलाई बलियो बनाउनुका साथै साँसमा ताजगी ल्याउँछ तर यसलायृ चपाउँदा मेन्थोल बन्छ जसले यौनइच्छालाई कम गरिदिन्छ । त्यसैले चुुईंगम खानुस, तर अत्यधिक होइन ।

कर्न फ्लेक्स

अनुसन्धानका अनुसार अर्न फ्लेक्सको अत्यधिक सेवनले पनि यौनइच्छामा कमी आउँछ । त्यसैले यसको साटो कुनै हल्काफुल्का खानेकुरा खानुपर्छ ।

सोया

सोयामा फिटोस्ट्रोगेन नामक पदार्थ पाइन्छ जसले पुरुषको सेक्स हार्मानसँग प्रतिस्पर्धा गर्छ । यसको फलस्वरुप यौनइच्छामा कमि आउँछ । त्यसैले आफ्नो यौन जीवनलाई सुन्दर बनाउन पनि सोयाको सेवन कम गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment