Comments Add Comment

विहीबारदेखि काठमाडौंमा ‘नेपाल चेम्बर एक्स्पो’

१३ मंसिर, काठमाडौं । विहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो’ सुरु हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकको आर्थिक, औद्योगिक एवम् वाणिज्य क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनको सहजीकरणका लागि एक्स्पो आयोजना गरिएको जानकारी गराएको हो ।

एक्स्पोमा अन्तराष्ट्रिय आर्थिक क्रियाकलापबारे जानकारी लिन सक्ने व्यवस्था मिलाइएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

एक्स्पोमा ९० वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसहित २ सय २५ वटा स्टल रहनेछ । स्टलमा विभिन्न खानाका परिकार, अटोमोवाईल, मोटरसाईकल, इलेक्ट्रोनिक्स सामानहरु पनि राखिनेछ ।

५ दिनसम्म चल्ने एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापान लगायतका देशहरुको स्टल रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment