+
+

बिवाहित पुरूषको अन्तै लसपस: अब कसरी छुटाउने लत !

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १७ गते १३:५२

करुणा म्याडम, नमस्कार ।

म अनलाइनखवर नियमित हेर्छु तर तपाईंको वारेमा थाहा थिएन । म एक युवती भएका कारण मेरा समस्या अरुलाई भन्न सक्तिन । जसै अघिल्लो साता कसैले सेयर गरेको तपाईंको विचार भेटेँ, साह्रै खुसी भएँ । मैले तपाईंलाई खोजेर यो समस्या पठाएको छु । आशा छ, उत्तर दिनु हुनेछ ।

१० कक्षा पढ्दै गर्दा ट्युसन पढाउने सरसँग प्रेम गर्न पुगेछु । त्यो बेला म १६ वर्षकी थिएँ । उहाँ मेरो घरमा ट्युसन पढाउन आउनु हुन्थ्यो । प्रत्येक दिन जसो मेरो कोठामै हामीबीच यौनसम्पर्क हुने गथ्र्यो । सरलाई मेरो परिवारका सबैले अत्यन्तै आदर गर्नुहुन्थ्यो र मेरो पढाईको सम्पूर्ण जिम्मा उहाँलाई नै दिनु भएको थियो । उहाँ विवाहित भएकाले हामीबीच यस्तो सम्बन्ध होला भनेर उहाँहरु कल्पना पनि गर्नसक्नु भएन । म उहाँको घर पनि गइरहन्थें । उहाँको परिवार ठिक चलिरहेकाले हामी हाम्रो सम्बन्धका विषयमा क्लियर थियौं । त्यसैले तनाव बिना यो विश्वासको फाइदा उठाइरह्यौं ।

आजभोलि म विदेश आएकी छु । अहिले आएर मलाई त्यो सम्बन्ध केवल सामान्य यौनसम्बन्ध मात्र थिएन, मेरो हकमा त्यो पहिलो प्रेम रहेछ भन्ने थाहा भयो ।  यसले मलाई बेलाबखत झस्का दिइरहन्छ । म अरुसँग प्रेम गर्न सकिरहेकी छैन । बरु पुनारो घट्नालाई सम्झेर पश्चाताप लाग्न थालेको छ । किनभने म उहाँसँग विवाह गर्न सक्तिन र उहाँले पनि त्यो समयलाई त्यहीँ छाडेर अघि बडिसक्नु भएको छ । अब पश्च्यताप गरेर पनि अर्थ छैन । मेरो यो स्वाभावमा कसरी सुधार ल्याउने होला ? रोजी, काठामान्डौं । हालः अस्ट्रेलिया

तपाईको सानो उमेरमा प्रेममा परिसक्नुभएको रहेछ । जीवनमा टिन एज  (किशोरी अवस्था) मा अर्थात १९ बर्ष भन्दा कम उमेरमा बिपरीत लिंगप्रति आकषिर्त हुनु स्वाभाविक नै हो । यस उमेरमा हामीलाई धेरै कुरा थाहा हुँदैन । कुनै कुरा थाह नभइ बसेको माया नै सायद माया हो । तर हामी समाजिक प्राणी हौं । समाजका आफ्नै नियम छन् । तपाईंले माथि यो सम्बन्धलाई प्रेम हो भन्नु भयो । तर सँगै पश्च्याताप लागेको पनि बताउनु भयो । प्रेममा पश्च्यताप हुँदैन । जब तपाईंलाई त्यो नभएको भए हुन्थ्यो भन्ने लाग्छ, के बुझ्नु पर्छ भने त्यो प्रेम नभएर यौवनको आकर्षण मात्रै हो । सित्तैमा पाएको आकर्षक सामग्री केटाकेटीले खेल्दा जुन उन्मुक्ति अनुभव गर्छन्, सायद तपाईं त्यही उन्मुक्तिमा हुनुहुन्थ्यो । त्यसैकारण ती घटनाको सम्झना आउँछ । साथै अहिले पश्च्यताप पनि हुन्छ ।

कसैप्रति आकर्षण र वास्तविक प्रेम सम्वन्ध फरक कुरा हुन । यस उमेरमा भएका तपाईका घट्ना अस्वाभाविक होइनन् । तर प्रेम र यौनका गतिबिधिहरुमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्ड अनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ । यस अन्तर्गत आफ्ना ब्यक्तिगत मापदण्ड बनाउन सकिन्छ । प्रेम र यौन बारे आफैले पनि एकपटक गम्भीर भएर सोचेमा अगाडि बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्नेछ । सामान्यरुपमा सोच्दा पनि हामीले अहिलेको सूचना प्रविधिको विकासलाई सदुपयोग गरिरहेका छैनौं । आफ्ना राम्रा पक्षमा गौरब गर्न छोडेका छौं । तिनलाई बचाइराख्न सकिरहेका छैनौ । तर संसारका नराम्रा कुरा हामीले छिटो ग्रहण गरिरहेका हुन्छौं । एकछिन गम्भीर भएर नियालौ त, अहिलेको समय आफ्ना राम्रा कुराको सूची बनाएर तिनलाई भरसक नघटाउने र संसारका राम्रा पक्ष सिकेर आफ्नो बिद्यमान ज्ञानको भण्डार बढाउँदै लैजाने होइन र ?

जहाँसम्म पुराना घट्नाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाई मात्र एक्लो हुनुहुन्न । यो उमेरमा भर्जिनिटी (कुमारित्व) गुमाएकोमा धेरैलाई पश्चाताप हुन्छ नै । त्यसमाथि पनि भविष्य सँगै विताउन नसक्ने पुरुषसँग यस्तो सम्वन्ध भएको घट्नाप्रति पश्चाताप मान्नेहरु पनि छन् । तर अन्य धेरै घटना जस्तै पहिलो यौन सम्बन्ध आफूले खोजे जस्तै मान्छेसँग हुन्छ भन्ने छैन ।

तपाईले त्यस घट्नाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहि महत्वपूर्ण कुरा हो । मनोबिज्ञानका हिसाबले आफ्नो पुरानो घट्नालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अगाडि बढ्नु हो । यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घट्ना रोक्नुभयो भने यसलाई शिक्षाको रुपमा नै मान्नुपर्ने हुन्छ । घट्ना दोहोर्‍याइरहृयो भने मात्र समस्या बढ्दै जान्छ ।

मानव सभ्यताको उचाई प्राप्त गरेको अमेरिकामा पनि मानिसहरुमा लभ, सेक्स र रोमान्सप्रति पश्चाताप हुने गरेको छ । धेरैजसो अमेरिकीले नयाँ बर्षको तिम्रो एजेण्डा के छ भनेर सोध्यो भने यही लभ, सेक्स र रोमान्सप्रति बिगतमा भएका आफ्ना कमजोरी नदोहोर्‍याउने बाचा गरेको अनुसन्धानले देखाएका छन ।

टिन एज केही खतरनाक हुने भएकोले यस उमेरलाई पश्चातापको भूमरीमा धकेल्नुबाट जोगाउनेहरु पछि लभ सेक्स र रोमान्सको जीवन सुखमय बनाउन सक्छन । केटा मानिसहरुले कुनैबेला आफूसँग जम्काभेट भएकी आकर्षक युवतीसँग प्रेम प्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन । उनीहरुले त्यसरी मौका पाएका युवतीसँग यौन सम्पर्क गर्न नपाएकोमा पश्चाताप मान्ने गरेको पाइन्छ । तर धेरैजसो युवतीहरुको हकमा भने छिटो कसैलाई बिश्वास गरेर यौन सम्पर्क गरेकोमा दुख प्रकट गर्ने गरेका छन । त्यसमाथि पनि पछि सँगै जीवन विताउन नसकेको व्यक्तिसँग आफ्नो भर्जिनिटी गुमाएकोमा उनीहरुलाई बढी पश्चाताप हुने गरेको छ । केटाहरु क्याजुअल सेक्स मन  पराउँछन । अल्पकालिन सम्वन्ध मन पराउँछन । तर केटीहरु जीवन बिताउन केटाहरुसँग दीर्घकालिन प्रतिबद्धता चाहन्छन । केटाहरु सेक्सपछि लभ गर्नेखालका हुन्छन भने केटीहरु लभपछि सेक्स चाहन्छन । केटीहरु यौन सम्पर्कमा छनौटपूर्ण हुन्छन । किनकि बच्चा जन्माउनु, हुर्काउनु र उनीहरुसँग समय बिताउनु केटी मान्छेका लागि जैविक, भावनात्मक र प्रजनन्जन्य कुरा हुन जान्छ । सिद्धान्ततः केटाहरुले चाहेमा एकैदिनमा धेरैलाई गर्भवती बनाउन सक्छन । अर्थात केटी मान्छेको यस धर्तीमा भूमिका नै बेग्लै छ । तैपनि कहिलेकाँही केटी मान्छेहरु कुनै केटासँग अन्जानमा र प्रेम भएको भ्रमका आधारमा फँस्ने गर्छन र भर्जिनिटी गुमाउने गर्छन । भर्जिनिटी र प्रजनन् केटी मान्छेका लागि जीवनका दुई महत्वपूर्ण सम्पत्ति हुन । यी दुई चीज गुमाउँदा केटी मान्छेहरुलाई जीवनमा सबैभन्दा ठूलो निराशा पैदा हुन्छ । भर्जिनिटी गुमाउँदा ठूलो पश्चाताप हुन्छ भने प्रजनन् क्षमता गुमाउँदा ठूलो निराशा । यो स्वाभाविक हो । समयक्रमसँगै सकिने प्रजनन् क्षमता र भर्जिनिटी टार्न सकिदैन । तर गलत मान्छेबाट भर्जिनिटी तोड्ने काम रोक्न सकिन्छ । बिगतका घट्नाप्रति पश्चाताप गरिरहने भन्दा पनि बिगतको त्यस्ता घट्नाबाट पाठ सिकेर नयाँ प्रेमीसँग रमाइलो जीवन बिताउन सकिने उपलब्ध संभावनातर्फ केन्दि्रत हुने गर्नुहोस । निरन्तर आइरहने पश्चातापबाट बच्न मनोबिद्हरुसँग सम्पर्क गर्नुहोस ।

करुणाजी, नमस्कार ।

म २७ वर्षीय अविवाहित पुरुष हुँ ।

करिब ३ वर्षअघि एकजना विवाहित महिलासँग मेरो लसपस भयो । हामी अरु मानिसले थाहा नपाउने गरी उभिएरै संवेदनशील अंगहरुसँग खेल्ने गर्दथ्यौं । म उनको संवेदनशील अङ्गहरुलाई सम्सुम्याउने, मुखमा मुख जोड्ने र कपडा वाहिरबाटै घर्षण गर्दथें । यसो गर्दा उनले मलाई साथ दिन्थिन् । तर हाम्रो पूर्ण यौन सम्पर्क हुन सकेन । म उनलाई सम्पर्कका लागि अनुरोध गर्दा उनी म विवाहित महिला भएकाले यसभन्दा माथि जानु हुँदैन भनेर मलाई प्रेमपूर्वक अस्वीकार गर्दथिन् । उनले पटकपटक अस्वीकार गरेपछि जवरजस्ती गर्ने कुरा पनि भएन । बरु उनी मेरो विर्य स्खलन नहुन्जेल वाहिरबाट घर्षण गराउन सहमत हुन्थिन् र मलाई सन्तुष्ट बनाएर पठाउँथिन् ।

यो क्रम करिब दुई महिना चल्यो । धेरै पटक मैले योनी वाहिरबाटै घर्षण गर्न अनुरोध गरेपछि उनले त्यसलाई भने स्वीकार गरेकी थिइन् । उनी यौन समागममा आतुर हुँदाहुँदै पनि उनले आफूलाई रोकेर राख्थिन् । करिव दुई महिना यो क्रम चलेपछि मलाई लाग्यो, उनी विवाहित भएका कारण केवल मेरो मन राख्न मात्र मेरा लागि यसो गरिरहेकी छिन् । यसरी आफ्नो सन्तुष्टिका लागि मात्र उनलाई प्रयोग गर्न मेरो मनले मानेन र विस्तारै उनको नजिक पर्न छाडेँ । जब म उनीसँग टाढिएँ, उनी रिसाउन थालिन् । उनको स्वभाव अनौठो थियो । टाढा हुँदा नजिक आइदियोस् भन्ने तर नजिक हुँदा केवल वाहिरी घर्षण मात्र गर्न मान्ने । मैले धेरैपल्ट विवाहित भएकाले यो समस्या आएकाले यसलाई बन्द गर्न आग्रह गर्दथें । उनी सहमत पनि हुन्थिन् तर अन्त्यमा छुट्टिने बेलामा कुरा त्यहीँपुगेर अन्त्य हुन्थ्यो । अहिले म उनीबाट निकै  टाढा छु । केही अघिसम्म हाम्रो बेलाबेलामा फोन सम्पर्क हुन्थ्यो । फोनमा पनि हाम्रो त्यही यौन क्रियाकलाप चल्यो । यसो हुँदा हामी दुबैलाई राम्रो लागेन र विस्तारै फोन पनि बन्द गरियो ।

उता के अवस्था छ थाहा छैन तर म उनीसँग टाढा हुन सकिरहेको छैन । फोनमा खिचेर राखेको तस्विर हेरेर दिन विताउन थालेको छु । यस्तो लाग्छ, म उनको गहिरो प्रेममा छु । उनको अवस्था पनि त्यस्तै होला भन्ने लाग्छ । विवाह गरेर म उनको घर विगार्न चाहन्नँ तर सुखसँग बाँच्न पनि सकिरहेको छैन । कथकदाचित उनीसँग विवाह गरे पनि मेरो परिवारले त्यो कुरा स्वीकार गर्दैन । कसैगरी पनि हामी सुखी हुन सक्दैनौं । म बडो अप्ठ्यारोमा परेको छु, उचित सल्लाह दिनुहोला । -रमण

रमणजी,

तपाईंले केही कुरा लेख्न छुटाउनु भएको छ । जुन विवाहित नारीसँग तपाईंको यौन आकर्षण थियो, उनका श्रीमान् घरमै थिए कि घर बाहिर जागिर खान्थे, त्यो बताउनु भएको छैन । तपाईंको कुराबाट के लाग्छ भने उनका श्रीमान् घरमा थिएनन् । सायद, देश वाहिर वा देश भित्र कतै कमाउन गएका कारण उनी एक्ली थिइन् । सायद यहि कारण तपाईंहरुबीच सजिलै भेट हुने र यौन क्रियाकलाप हुन्थे भन्ने तपाईंको प्रश्नबाट बुझिन्छ ।

तपाईंको भनाइ अनुसार उनी पूर्णरुपमा यौनमा सहभागी हुन चाहन्नथिइन् । यसबाट पनि उनको मन श्रीमानतर्फ नै छ भन्ने बुझिन्छ । पूर्ण यौन समागम हुँदा बच्चा बस्ने डर हुन्छ । गाउँघरमा कम पढेलेखेका युवतीहरुलाई बच्चा बस्न नदिने उपाय पनि थाहा हुँदैन । बच्चा बस्यो भने आफ्नो जीवन बरवाद हुन्छ र श्रीमान्सँग टाढा हुनुपर्छ भन्ने उनले महसुस गरेका कारण नै उनी पूर्ण समागममा लागि तयार थिइनन् भन्ने स्पष्ट बुझ्न सकिन्छ ।

तपाईं टाढा हुँदा उनी किन रिसाइन् भन्ने कुराले तपाईंलाई के भ्रम परेको हुन सक्छ भने उनी तपाईंलाई माया गर्छिन् । खासमा उनी कुनै लोग्ने मानिस नजिक होस् र आफ्नो भावना बुझोस् भन्ने चाहन्थिन् । उनी लोग्ने मानिसको माया र यौनबाट टाढा भएकाले उनलाई कुनै व्यक्तिको न्यास्रो लाग्नु स्वभाविक नै हो । तपाईंलाई उनले यौन स्खलनमा सहयोग गरेपछि तपाईंले पनि उनका अन्य समस्याहरु बुझिदेओस् भन्ने चाहाना हुनु स्वभाविक हो । तपाईंको आगमनले रित्तो भएको उनको मनलाई केही ऊर्जा दिएको हुनसक्छ । यस्तो मानिस टाढा हुँदा रिसाउनु स्वाभाविक नै हो । यसको अर्थ उनी तपाईंलाई माया गर्छिन् वा तपाईंसँग विवाह गर्न चाहन्छिन् भन्ने कदापि होइन ।

जसरी श्रीमतीबाट टाढा भएका श्रीमान्लाई यौनको सकसक लाग्छ र यौन सन्तुष्टिका लागि विभिन्न उपायको अवलम्बन गर्छन्, ठीक त्यसैगरी विवाहित महिलाहरुलाई पनि यौनको चाहाना हुन्छ । यस्तो बेलामा कुनै पुरुषसँग नजिक हुनु र यौनको चाहाना सल्बलाउनु सामान्य कुरा हो । तपाईंकी यी महिला साथीमा पनि त्यही कुरा लागू भएको हो । तर मन बहकिएर त्यसभन्दा माथि जाँदा ठूलो समस्या आइलाग्ने कुरामा उनी निकै सचेत छिन् भन्ने कुरा तपाईंले लेखेका कुराहरुबाट देखियो । यसबाट पनि उनी तपाईंलाई माया गर्ने वा विवाह गर्ने मनस्थितिमा छैनिन् भन्ने कुरा प्रष्ट हुन्छ ।

जहाँसम्म तपाईंले उनीप्रति देखाएका लगाव र मायाका भावहरु छन्, त्यो स्वाभाविक पनि हो । यसको कारण के भने तपाईंले पहिलो पटक कुनै स्त्रीलाई निकटबाट महसुस गर्नुभयो । उनले तपाईंलाई यौन सन्तुष्टि दिन सहयोग गर्नु सामान्य कुरा होइन । यसले तपाईंलाई उनीप्रति माया लाग्नु, उनैलाई सम्झनु र फोनमा पनि त्यही कुरा दोहोरिनुले तपाईं उनलाई बिर्सन नसकेको प्रष्ट हुन्छ ।

रमणजी, पहिलो पटक कुनै स्त्रीको मोहमा पर्दा यस्तो हुन्छ । तर यो प्रेम होइन, केवल यौन आकर्षण हो भन्ने कुरा जति चाँडो बुझ्नु हुन्छ, त्यति चाँडो तपाईं यो समस्याबाट मुक्त हुनुहुन्छ । यो दुई शरीरको आवश्यकताले जन्माएको घटना थियो । भोलि उनका श्रीमान् उनीसँग हुनेवित्तिकै उनी आफ्नो संसारमा हराउँछिन् । त्यसैगरी तपाईंले पनि कनै महिला साथी वा प्रेमीका भेट्टाउनु भयो भने तपाईं आफ्नो संसारमा रमाउन थाल्नुहुन्छ । यौन मानवीय गुण हो र कहिलेकाहिँ हामी यौन आकर्षणलाई नै जीवनको मूल प्रश्न हो भन्ने सम्झिदिन्छौं । केही समयका घटनाहरुले त्यस्तो महसुस गराए पनि चाँडै नै यौन आकर्षण र प्रेम फरक कुरा हो भन्ने बुझ्दछौं ।

मेरो बिचारमा तपाईंले चाँडै नै विवाह गर्नु उपयुक्त हुन्छ । यौन आकर्षणबाट उब्जिएका कतिपय समस्या यौन समागमपछि अन्त्य हुन्छ । तपाईं अविवाहित र केटी साथी नभएको अवस्थामा अचानक आइपरेको यो घटनाबाट केही विचलित देखिनु भएको हो । तपाईंको जीवनमा अर्की युवती आउनेवित्तिकै समस्या समाधान हुन्छ ।

जहाँसम्म उनलाई विवाह गर्ने कुरा छ, तपाईं आफैंले भनिसक्नु भयो, उनी विवाहित भएकाले न उनी तपाईंसँग विवाह गर्ने अवस्थामा छिन्, न तपाईंका परिवारले नै यो कुरा स्वीकार गर्छन् । जुन कुरा असम्भव छ, त्यो कुरा चाँडो भन्दा चाँडो त्याग्दा नै उत्तम हुन्छ । तपाईंले अरुतिर मन लगाउनु नै सबैभन्दा उत्तम हुन्छ । यो दुई वर्षका दौरान तपाईंहरु बीच खासै सम्पर्क छैन भन्ने बुझिन्छ । यसबाट पनि उनी आफ्नो घरमा आनन्दको जीवन बिताइरहेकी छिन्, अब तपाईंले पनि आफ्नो लागि यस्तै नयाँ मार्ग खोज्नु उपयुक्त हुन्छ ।

म ३२ वर्षीय विवाहित पुरुष हुँ । हाम्रो विवाह भएको ५ वर्ष पूरा भयो । हाम्रो ४ वर्षीय छोरा छन् ।

हाम्रो समस्या सुन्दा सानो तर महत्वपूर्ण छ भन्ने मलाई लाग्छ । यो समस्या उनी गर्भवती भएका बेलादेखि सुरु भएको हो । कुरा के भने उनी ७ महिनाको गर्भवती भएको अवस्थामा राति अचानक पेट दुख्यो । अस्पतालमा जाँच गराउँदा बच्चा उल्टो बसेको थाहा भयो । डाक्टरको सल्लाह अनुसार काम गर्दा पनि बच्चा सुल्टो भएन । फलस्वरुप डाक्टरको सल्लाह अनुसार नवौं महिना सिजिरिङ् (अप्रेसन) गरेर बच्चा जन्मायौं ।

हामी दुबैको यौन अवस्था राम्रो छ । बच्चा जन्मिएपछि पनि हामी सातामा दुई पटक यौन सम्पर्क राख्दथ्यौं । तर यौन सम्पर्क गर्दा सिजिरिङ् गरेको स्थान दुख्छ भन्ने उनको भनाइ छ । यसले गर्दा धेरै पटक यौन समागम नै खल्लो हुने गरेको छ भने कतिपय अवस्थामा यौन बीचमै रोक्नु परेको पनि छ । मेरो लिङ्गको लम्बाइ ५ सेन्टिमिटर र मोटाइ सामान्य छ ।

सन्तान हुनुअघि उनी निकै स्वस्थ थिइन् । तर अहिले उनी कमजोर हुन थालेकी छन् । उनी कहिलेकाहीँ जीवन खल्लो हुने त होइन भनेर चिन्ता गर्छिन् । हामी अर्को पनि सन्तान चाहन्छौं तर अर्को बच्चा जन्माउँदा उनी अझै कमजोर होलिन् कि भन्ने चिन्ता छ । हामी एक अर्कालाई असाध्यै माया गर्छौं । हामीबीच अरु कुनै समस्या छैन । के सिजरिङ् गरेका सबै महिलाहरु अप्रेसनपछि यसरी नै कमजोर हुन्छन् ? के यौन समागम पहिलेभन्दा कमजोर हुन्छ ? अब उनले अर्को बच्चा जन्माउन सक्तिनन् ? अहिले म रोजगारीको सिलसिलामा विदेशमा छु । फर्किएपछि यी सबै समस्या समाधान होस् भन्ने चाहन्छु । तपाईंबाट उचित सल्लाह चाहन्छु । – सुधाम 

तपाईंका प्रश्न दुई-तीन किसिमका छन् । त्यसैले एक-एक गरेर उत्तर दिन चाहन्छु ।

१.सिजरिङ्का सम्बन्धमाः बच्चा उल्टो बस्नु गर्भवती महिला र बच्चाका लागि केही खतराजन्य कुरा हो । त्यसलाई विभिन्न किसिमले सहि ठाउँमा ल्याउने प्रयास गरिन्छ । यो प्रयास तपाईंहरुले पनि गर्नुभयो । तपाईंले जसलाई देखाउनु भयो, उहाँले निकै राम्रो तरिकाले तपाईंको श्रीमतीको हेरचाह गर्नुभएको र उचित सुझाव दिएको तपाईंका कुराहरुले नै देखियो ।

बच्चा सुल्टो नभएपछि सिजरिङ् गर्नुपर्ने आवश्यकता भएरै चिकित्सकहरुले सिजरिङ् गर्नुभएको हो । यसमा कुनै चिन्ता लिनु पर्ने देखिँदैन । सिजरिङ् गरेको ६ महिनादेखि एक वर्षसम्म त्यो ठाउँमा चिलाउने, गाह्रौं काम गर्दा दुख्ने र धेरै परिश्रम गर्दा कहिलेकाहीँ सिलाएको स्थान च्यातिने समस्या पनि हुनसक्छ । यहि कारण डाक्टरहरुले ६ महिनासम्म कम परिश्रम गर्न र एक वर्षसम्म केही कुरामा ध्यान दिन आग्रह गर्छन् । सायद तपाईंहरुलाई पनि यो  सुझाव दिनुभयो होला ।

जहाँसम्म एक वर्षपछिको समय छ, त्यो बेला यस्ता समस्या हट्न थाल्छन् । यौन सम्पर्क राख्दा धेरै नै जोडबल पर्ने हुँदा कसैकसैलाई दुई वर्षसम्म सिलाएको स्थानमा चस्स दुख्ने समस्या हुन्छ । यस्तो बेलामा डाक्टरसँग सल्लाह लिनुपर्छ । तपाईंहरुले पनि डाक्टरसँग सम्पर्क राख्नु भयो नै होला । दुई वर्षपछि भने यस्तो समस्या निकै कम हुँदै जान्छ र पछि हराउँछ । उचित खानपान, सरल ब्यायाम, सकारात्मक सोचले यस्ता समस्या हराएर जाने भएकाले तपाईंले पनि ती कुरामा ध्यान दिनु पर्ने देखिन्छ ।

तपाईं यो बेला विदेशमा हुनु भएकाले यौन समागम हुँदा सिजरिङ् गरेको ठाउँमा दुख्ने कुरा सायद केही अगाडिको हुनसक्छ । तपाईंको यो प्रश्न प्राप्त भएपछि मैले केही स्त्री रोग विशेषज्ञसँग सम्पर्क राखेर तपाईंको श्रीमतीको समस्या झुल्याउन उचित मार्गदर्शन गर्न आग्रह गरेकी थिएँ । उहाँहरुले दिएको सल्लाह अनुसार केही क्रिटिकल अवस्था वाहेक एक वर्षमा सिजरिङ्का साइड इफेक्टहरु हराएर जान्छन् । त्यसमा चिन्ता गर्नुपर्दैन । यदि २ वर्षपछि पनि ती कुरा दोहोरिन्छन् भने चाहिँ स्त्री रोग विशेषज्ञलाई देखाएर नियमित सल्लाह लिनु पर्छ ।

२. बच्चा जन्माउने सन्दर्भमाः सिजरिङ् गरेको दुई वर्षपछि कुनै अप्ठ्यारो अवस्था बाहेक समान्य अवस्थामा बच्चा जन्माउन सकिन्छ । कतिपयले पहिलो बच्चा सिजरिङ् गरेपछि दोस्रो बच्चामा समस्या आउने शंका व्यक्त गर्दछन् । यद्यपि पछिल्लो अनुसन्धानमा त्यस्तो समस्या आउने कुरा गलत भएको देखिएको छ । अर्थात सिजरिङ् भएकै आधारमा महिलाले दोस्रो बच्चा जन्माउँदा समस्या आउँछ भन्ने कुरा सही होइन । कुरा के भने दोस्रो बच्चा जन्माउँदा पनि सिजरिङ् गर्नुपर्‍यो भने महिलालाई पुनः एक-दुई वर्ष केही कुरामा ध्यान दिनुपर्ने हुनसक्छ । फेरि धेरै मेहेनत गर्नु नहुने, यौन समागममा केही महिना ध्यान दिनु पर्ने कुरा आइपर्न सक्छन् ।

३.कमजोरीका सम्बन्धमाः तपाईंले आफ्नी श्रीमती बच्चा जन्मिएपछि कमजोर भएको कुरा उल्लेख गर्नुभएको छ । निश्चय नै गर्भवती हुनु महिलाका लागि ठूलो काम हो । यसले शारीरिक र मानसिक संरचनामा केही परिवर्तन ल्याउँछ । त्यसमाथि बच्चा आमाको दूध खाएर हुर्कन्छ । आमाकै शरीरबाट उसले पोषण प्राप्त गर्ने हुँदा महिलाहरु कमजोर हुनु स्वाभाविक नै हो । यस्तो बेलामा महिलाले पौष्टिक तत्वलाई आफ्नो मुख्य आहार बनाउनु पर्छ । एक्लो जीवन स्वतन्त्रतापूर्वक बाँचिरहेकी महिलाको जीवनमा सन्तान आएपछि उसले धेरै कुरा गुमाउनु पर्दा केही हतास हुनु स्वभाविक हो । तर खानपान र जीवनशैलीलाई थोरै ध्यान दिने हो भने महिलाको तन्दुरुस्ती पुनः फर्केर आउँछ । यसका लागि उचित खानपान र जीवनशैली अपनाउनु पर्छ । तपाईंको माया र स्नेहले पनि यसमा थप सुधार ल्याउँछ भन्ने कुरामा म विश्वस्त छु ।

४. यौन समागमका सम्बन्धमाः यौन समागम शारीरिक भन्दा पनि मानसिक क्रिया हो । मानसिक अवस्था ठीक भएको बेला स्वतः यौन क्रिया पनि राम्रो हुन्छ । सिजरिङ् गरेको एक वर्ष अघि, बच्चा सानो भएको अवस्थामा र शरीर कमजोर भएको अवस्थामा मानसिक अवस्था ठीक नुहुनु स्वभाविक नै हो । तपाईंको लिङ्ग ५ इन्च भएका कारण यौनमा समस्या आएको हो कि भन्ने चिन्ता पनि निरर्थक हो । बच्चा भएपछि महिलाको यौन चाहाना थोरै कम हुन्छ । त्यस्तो बेलामा दुखाइ बढ्नु भनेको यौनमा रुचि केही कम हुनु हो ।

हुन पनि विभिन्न दायित्व, शारीरिक कमजोरी र बच्चालाई स्याहार गर्नुपर्ने दायित्वले यौन चाहानामा कमि आएको हुनसक्छ । तपाईंले हामी दुबैको यौन चाहाना ठीक अवस्थामा छ भन्नु भएकाले केही विरोधाभास उत्पन्न भएको छ । नेपाल आएपछि एकपटक स्त्री रोग विशेषज्ञ वा यौन मनोपरामर्शदाता कहाँ दुबै जना उपस्थित भएर सल्लाह लिन सक्नुहुन्छ ।

तपाईंका सबै जिज्ञासालाई मनन गरेर हेर्दा तपाईंहरु केही समयपछि अर्को बच्चा जन्माउन पनि सक्षम हुनुहुन्छ र तपाईंहरुको यौन जीवन पनि सहज हुनसक्छ भन्ने विश्वास पलाएको छ ।

(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए करुणा कुँवरलाई [email protected] प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ प्रत्येक शनिबार अनलाइनखबरमा छापिनेछ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?